२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पर्यटक प्रहरीका लागि सेवाकालिन तालिम

पर्यटक प्रहरीको सेवालाई थप विशिष्टीकरण गराउनु पर्ने आवश्यकता महशुस गरी हालै पर्यटक प्रहरीको लागि सेवाकालिन तालिमको व्यवस्थापन गरीएको छ।

प्रहरी नियमावली २०७१ मा रहेको तालिम सम्बन्धी व्यवस्था अन्तर्गत व्यवस्थापन समुहमा राखिएको पर्यटक प्रहरी तालिमको मुख्य उद्देश्य ‘पर्यटक प्रहरी’हरु मा थप दक्षता अभिवृद्धि गर्नु रहेको पर्यटक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नाथम र पर्यटन विभागको सहकार्यमा यस किसिमको तालिमको व्यवस्था गरीएको उल्लेख गर्दै नायब उपरीक्षक श्रेष्ठले तालिम आगामी आव २०८०/०८१ देखि संचालन हुने बताए।

उनले शुरुवाती चरणमा रहेको यस तालिम १८ कार्य दिनको रहने तथा ३० जना प्रहरी वरिष्ठ नायब निरिक्षक देखि प्रहरी जवानसम्मको प्रशिक्षार्थी सहभागी हुने बताएका छन्। प्रशिक्षार्थीहरुलाई पर्यटन क्षेत्रका विभिन्न विषयवस्तुसँग साक्षात्कार गराउँदै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज र नाथमका उत्कृष्ट प्रशिक्षकहरुबाट प्रशिक्षण दिलाउने भएको छ।

पर्यटकहरूलाई विभिन्न सेवा प्रदान गरी उनीहरूको बसाइलाई सहजीकरण गर्ने तथा नेपाल स्थित विभिन्न मुलुकमा राजदुतावास कन्सुलर कार्यालयहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने पर्यटक प्रहरी नेपाल प्रहरी को एक विशिष्ट युनिटको रूपमा रहेर काम गर्दै आएको छ।  

प्रकाशित: १२ वैशाख २०८० १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App