१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

२०७२ महाभूकम्पः अझै टेको लगाएकै घरमा बस्छन् कतिपय काठमाडौंवासी

महाभूकम्प गएको ८ वर्ष पूरा भइसक्दासमेत भौतिक संरचनाहरुको पुनःनिर्माण हुन नसक्दा जोखिम मोलेर नै नागरिकहरु भत्किएका संरचनामा बस्न बाध्य छन्।

२०७२ साल वैशाख १२ गते शनिवार गएको भूकम्पबाट क्षति पुगेका काठमाडौंका अधिकांश भौतिक संरचनामा क्षति पुगेपनि घरधनी र लगायत सरकारी स्तरबाट पनि आवश्यक चासो नहुँदा आम नागरिकहरु भने टेको लगाइएका संरचनामा नै व्यापार व्यवसाय र बसोवास गर्न बाध्य भएका हुन्।

काठमाडौंको वसन्तपुर, असन, न्युरोड लगायतका क्षेत्रमा अझैसम्म पनि भौतिक संरचनाहरु टेको लगाएर अड्याइएको छ। तरपनि आम नागरिकहरु भने तिनै टेको लगाइएका संरचनामा व्यापार गरेर बसिरहेका छन्। २०७२ वैशाख १२ गते शनिवार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो।  

काठमाडौं उपत्यकामा यसरी टेको लगाएका घरहरु धेरै छन्। तर यस्तो जोखिममा पनि मानिसहरु बस्न छोडेका छैनन्। भूकम्प गएको ८ वर्ष बितिसक्दा समेत घर नबनाइनु र काठमाडौं महानगरपालिकाले बेवास्ता गर्नुपनि यसको एक कारण हो। यसरी जोखिमयुक्त घर हालसम्म किन बनाउनु भएन? भन्ने प्रश्नमा कति घरमुलीहरु बोल्न मानेनन्। कतिपय त आफैँ जोखिम मोलेर टेको लगाएको घरमा व्यापार गरिरहेका छन्।

प्रकाशित: १२ वैशाख २०८० १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App