६ वैशाख २०८१ बिहीबार
समाज

डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई स्वास्थ्य मन्त्रीको ८ बुँदे अपिल

काठमाडाैं-स्वास्थ्य मन्त्री गगनकुमार थापा यतिबेला विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्ड बैठकमा नेपालको प्रतिनिधित्व गर्दै स्वीट्जरल्याण्डको जेनेभामा छन् ।

उनी जेनेभामा रहेको समयमा सरकारले हालै ल्याएको डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई ओभरटाइम बापतको भत्ता दिने व्यवस्थाका विषयमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

स्वास्थ्य संवेदनशील क्षेत्र भएको हुँदा बिहान ८ बजेदेखि ५ बजेसम्म सेवा खुला राख्न व्यवस्था मिलाउन सरकारले ल्याएको नियमका पक्ष र विपक्षमा बहस हुन थालेपछि स्वास्थ्य मन्त्री थापाले जेनेभाबाट नै अपिल जारी गरेका छन् ।

मन्त्री थापाले डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई ८ बुँदे अपिल जारी गरेका हुन् ।

यस्तो छ मन्त्री थापाले जारी गरेको ८ बुँदे अपिलः

नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक हकका रुपमा व्याख्या गरेको छ। हामी सबैको संयुक्त प्रयासबाट मात्र यो मौलिक हकको व्यावहारिक रुपान्तरण सम्भव छ। गुणस्तरीय एवं पहुँचयोग्य स्वास्थ्य सेवाको प्रत्याभूति अबको हाम्रो अभियान हो। कठिन चुनौतिहरुका माझ अनेकन प्रतिकूलतालाई अनुकूलतामा बदल्दै यहाँहरुले अत्यन्त अप्ठ्यारोमा काम गरिरहेको कुरा म बुझ्न सक्दछु। स्वास्थ्य सेवा भनेको अरु क्षेत्रजस्तो होइन। स्वास्थ्य क्षेत्रको संवेदनशीलताप्रति हामी सबै उत्तिकै जानकार छौँ। नेपाल सरकारको स्वास्थ्य निकायमा काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वेच्छाले नै अन्त कहीँ काम गर्नु नपर्ने अवस्था निर्माण गर्नुपर्दछ भन्ने कुरामा म प्रस्ट छु। त्यही प्रयोजनका लागि करेन्ट प्रोसेड्युरल टर्मिनोलोजी ९सिपिटी०, अध्यापन सुविधारभत्ता, अतिरिक्त सेवा भत्ताजस्ता व्यवस्थाहरु लागू गर्नेतर्फ मन्त्रालयबाट द्रूततर गतिमा काम भइरहेको जानकारी गराउँछु।

भर्खर मात्र मन्त्रिपरिषदबाट पारित स्वास्थ्य मन्त्रालय मातहतका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीको सेवा, शर्त र सुविधा सम्बन्धी कार्यविधि, २०७३ यसै तर्फको एक कदम हो। स्वास्थ्य मन्त्रालय मातहतका चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीलाई अतिरिक्त समय काम गरेबापत तलबको ५० प्रतिशतसम्म थप सुविधा प्रदान गर्नेगरी निर्णय भएको छ। तथापि यो सुविधा पर्याप्त होइन, यो सुरुवात मात्र हो। अतस् यो प्रावधानबारे अनावश्यक भ्रममा नपर्न र नपार्न अनुरोध गर्दै यसलाई सरकारले गरेको सकारात्मक सुरुवातका रुपमा लिँदै यसको कार्यन्वयनका लागि अग्रसरता लिनुहुनेछ भन्ने विश्वास लिएको छु।

कार्यविधिको पूर्ण कार्यान्वयनतर्फ देहायका व्यवस्थाको पालना गर्न सबैमा अपिल गर्न चाहन्छु।

१. बर्थिङ सेन्टर सञ्चालन नभएका स्वास्थ्य चौकी एवं अन्तरङ विभाग सञ्चालन नभएका प्राथमिक स्वास्थ्य केन्द्रहरुले कम्तिमा बिहान १० देखि बेलुका ५ बजेसम्म अनिवार्य रुपमा सेवा प्रवाह गर्नुपर्नेछ।

२. बर्थिङ सेन्टर सञ्चालन भएका स्वास्थ्य चौकी एवं अन्तरङ विभाग सञ्चालन भएका प्राथमिक स्वास्थ्य केन्द्रहरुले कम्तिमा बिहान १० देखि बेलुका ५ बजेसम्म सेवा प्रवाह गर्नुका साथै अनकल तथा अनड्युटी जस्ता व्यवस्था अवलम्बन गरी थप समय सेवा प्रवाह गर्नुपर्नेछ। यसरी १०(५ बाहेकको समयमा सेवा प्रवाह गरेको अवस्थामा कार्यविधिमा उल्लेख भए अनुसार तलबको ५० प्रतिशतसम्म थप सुविधा प्राप्त हुनेछ।

३. इनप्यासेन्ट डिपार्टमेन्ट सञ्चालन भएका अस्पतालहरुले कार्यविधिमा व्यवस्था भए बमोजिम बिहान ९ देखि दिउँसो ३ बजेसम्म नियमित ओपिडी सेवा सञ्चालन गर्नुपर्नेछ। दिउँसो ३ बजे देखि बेलुका ५ बजेसम्म एक्स्टेन्डेड हेल्थ सर्भिस ९इएचएस० अन्तर्गत अथवा ओभर टाइम अन्तर्गत रहेर सेवा प्रवाह गर्नुपर्नेछ।

(स्पष्टीकरणः बाहिर चर्चा गरिएजस्तो बिहान ८ देखि बेलुका ५ बजेसम्म नियमित काम गर्नुपर्ने होइन। प्रत्येक चिकित्सक एवं स्वास्थ्यकर्मीले बिहान ९ देखि दिउँसो ३ बजेसम्म आफू कार्यरत संस्थामा सेवा गर्नै पर्छ। ३ बजेदेखि ५ बजेसम्म भने इएचएसमा अस्पतालको व्यवस्था अन्तर्गत पालो पर्नेले बस्ने हो। अथवा इएचएस नचलाउने हो भने कार्यविधिको व्यवस्था अनुरुप ओभर टाइम काम गरी ५० प्रतिशतसम्म भत्ता प्राप्त गर्न सकिनेछ। यसरी सरकारी अस्पतालमा काम गर्नेले ९-३ सम्म दैनिक काम गर्दा नियमित सेवा अन्तर्गत हप्तामा ६ दिनको जम्मा ३६ घण्टा काम गर्नुपर्ने हुन्छ। यो बाहेक अनकल, इमर्जेन्सी र ओभर टाइम लगायतका काम गर्दा अतिरिक्त सुविधा पाउनलाई यो कार्यविधिले सुनिश्चित गरेको हो।)

४. स्वास्थ्य सेवा ऐन, २०५३ मा कसैले पनि सरकारी सेवाभन्दा बाहिर काम गर्नुपर्‍यो भने नेपाल सरकारबाट स्वीकृति लिनुपर्ने स्पष्ट प्रावधान छ। विद्यमान अवस्थामा कसैले स्वीकृति लिएको र कसैले नलिएको पाइएको हुँदा सबैमा एकरुपता ल्याउन अहिलेसम्मका सबै स्वीकृति खारेज गरिएको छ। अब ९ ( ३ बजेसम्म कसैले पनि बाहिर काम गर्ने स्वीकृति पाउनेछैनन् र सो बाहेक ९नियमित सेवा( बिहान ९ देखि बेलुका ३ सम्म० अन्य समयमा बाहिर ९निजी अभ्यास० काम गर्न चाहने चिकित्सक एवं स्वास्थ्यकर्मीले २०७३ फागुन मसान्तभित्र निवेदन दिई नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेपछि निजी अभ्यास गर्न पाउनेछन्।

५. निजी स्वास्थ्य संस्थाले सरकारी चिकित्सक एवं स्वास्थ्यकर्मीलाई बिहान ९ देखि दिउँसो ३ बजेसम्म काममा लगाउन पाउने छैनन्। ३ बजे वा ५ बजेपछि तथा बिहान ९ बजेअघि काम गराउनेले नेपाल सरकारको अनिवार्य स्वीकृति लिनुपर्नेछ। साथै, आफ्नो इन्फरमेसन बोर्डमा संस्थामा काम गर्ने सरकारी डाक्टर एवं स्वास्थ्यकर्मी भए उनीहरुको नाम र अनुमति लिएको विवरण उल्लेख गर्नुपर्नेछ। अन्यथा उक्त निजी संस्थाको सञ्चालन अनुमति खारेज गर्न सकिनेछ।

६. चिकित्सक एवं स्वास्थ्यकर्मीले बिदा एवं काजमा बस्दा संस्थाको सेवा अवरुद्ध नहुने गरी मात्र बस्नुपर्ने र तोकिएको माथिल्लो निकायको अनिवार्य जानकारी एवं स्वीकृति लिनुपर्नेछ।

७. अस्पतालहरुले ओपिडी सेवा दिने डाक्टरको नाम, सेवाको दिन र समय स्पष्ट खुल्नेगरी अनिवार्य रुपले सबैले देख्नेगरी टाँस्नुपर्नेछ।

८. क्यु मेनेजमेन्ट, डिस्पे बोर्ड, इन्फरमेसन डेक्स लगायतका व्यवस्थाहरुको पालना अनिवार्य रुपमा गर्नुपर्नेछ।

मलाई विश्वास छ, स्वास्थ्य सेवामा आमजनताको गुणस्तरीय र सहज पहुँच पुर्‍याउने हाम्रो अभियानमा मन्त्रालय मातहतका चिकित्सक एवं स्वास्थ्यकर्मी, निजी क्षेत्र र सम्बन्धित सेवाग्राही लगायत सबै नागरिकको पूर्ण सहयोग प्राप्त हुनेछ।

प्रकाशित: १२ माघ २०७३ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App