८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौंका सडकमा धुवाँ आउने गरी सेकुवा पोल्न प्रतिबन्ध

काठमाडौंका सडकमा धुवाँ आउने गरी सेकुवा पोल्न प्रतिबन्ध लगाइएको छ।  

वायु प्रदूषण भएको भन्दै काठमाडौं महानगरपालिकाले  नगर प्रहरी मार्फत सडक र सडकपेटीमै धुँवा आउने गरी सेकुवा पोल्न रोक लगाएको हो।

सुनधारा ,पुतलीसडक र सिनामंगल क्षेत्रमा अरुलाई असर गर्ने गरी व्यवसायीलाई सेकुवा पोल्न बन्द गर्न सचेत गराएको महानगरले जनाएको छ।

महानगरले सचेत गराएपछि पनि व्यवसायीले सेकुवा पोलेर  अरुलाई असर पर्नेगरी धुँवा निकाले कारवाही गर्ने चेतावनी दिएको छ। 

प्रकाशित: ८ वैशाख २०८० १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App