९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

‘शेषराजगज’को स्याहारमै व्यस्त बिमला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन्। कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका-१४ बनकट्टटीमा हुर्किएकी ३० वर्षीया बिमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत छिन्।

जागिरमा प्रवेश गरेदेखि नै यहाँको पिपरिया हात्तीसारमा कार्यरत बिमलाले हात्तीसारमा रहेकी शारदाकलीको निधनपछि शेषराजगजको स्याहारसुहारको जिम्मेवारी प्राप्त गरेकी हुन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन्।

‘बिहान हात्तीलाई नुहाउनदेखि जंगलमा चराउने, खुवाउने र स्याहारलगायत काम गर्दै आएकी छु’, बिमलाले भनिन्, ‘जागिरको सुरुआतमा जनावरसितको घुलमिल नहुँदा काम गर्न असहज भएको थियो, पछि बानी पर्दै जाँदा सहज बन्दै गयो।’

निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन्। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाका लागि हात्तीद्वारा समेत गस्ती गरिन्छ। यहाँ रहेका छ हात्तीबाट गस्ती लगायत निकुञ्जको कामकाज गरिंदै आएको छ। शेषराजगज छावा भने गत पुसमा मात्र पिपरिया हात्तिसारमा राखिएको बिमला बताउँछिन्।

हात्तीको स्याहारदेखि गस्ती लैजाँदासम्मका लागि माहुत, पछुवा र फणित खटिने गरेका छन्। यहाँ हात्तीका लागि २१ कर्मचारी खटिएका छन्। ‘बिमला’ एक मात्र महिला कर्मचारीका रूपमा कार्यरत छिन्।

‘शारदाकली हुँदासम्म एक्लै पनि चराउन धेरै टाढासम्म जंगल पसेकी छु’, उनले भनिन्, ‘अहिले शेषराजगज सानै भएकाले हात्तीसारबाहेक अन्यत्र जानु परेको छैन।’

हात्तीको स्याहारदेखि गस्ती लैजाँदासम्मका लागि माहुत, पछुवा र फणित खटिने गरेका छन्।

शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका गोपाल चौधरीसित घरजम गरेकी बिमलाका एक वर्षीय छोरा पनि साथमै छन्। ‘छोरा सानै छ, उसको र शेषराजगजको स्याहारको जिम्मेवारी मेरै काँधमा छ’, उनले भनिन्, ‘दुवैका लागि समय व्यवस्थापन गरेर अघि बढेकी छु।’

घरमा पशुचौपायाका लागि घाँस आहारा खोज्ने बिमलाको व्यस्तता हात्तिसारमा पनि उत्तिकै बढी छ।

‘जनावरसितको काम चुनौतीपूर्ण नै हुन्छ, कति बेला कुन मुडमा हुन्छन् भर नै हुँदैन’,उनले भनिन्, ‘अहिलेसम्म विना डरत्रास काम गरेकी छु।’

उनले आफ्नो पाँच वर्षे जागिरकालका क्रममा शुक्लाफाँटामा शारदाकली र रतनकली उमेर पुगे निधन भएको देखेको बताइन्।

‘आफूले रातदिन स्याहारसुसार गरेको जनावरको मृत्यु हुँदा निकै दुःख लाग्छ’, बिमला भन्छिन्,‘ठूला हात्तीसित काम गर्न धेरै सक्रियता चाहिने रहेछ।’

उनले आफ्नो पाँच वर्षे जागिरकालका क्रममा शुक्लाफाँटामा शारदाकली र रतनकली उमेर पुगे निधन भएको देखेको बताइन्।

विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान शुक्लाफाँटा ३६ पाटे बाघ, १७ गैंडा लगायत चराचुरुंगीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो।

यहाँ आउने पर्यटकले हात्ती शयरको अवसर घरपालुवा हात्ती अभावकै कारण पाउन सकिरहेको छैनन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा दश हात्तीको दरबन्दी रहेको बताए।

‘अहिले एउटा छावा (बच्चा) सहित सात हात्ती मात्रै यहाँ छन्’, उनले भने।

यहाँ आउने पर्यटकले हात्ती शयरको अवसर घरपालुवा हात्ती अभावकै कारण पाउन सकिरहेको छैनन्।

२०२६ सालमा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो। अभाव देखाउँदै निकुञ्ज प्रशासनले माथिल्लो निकायमा आवश्यकता अनुसार हात्तीको माग गरे पनि यसको सुनवाई हालसम्म हुनसकेको छैन।

चोरी शिकारी नियन्त्रणका लागि गस्ती गर्न हात्तीको प्रयोग गर्नुपर्ने हुन्छ। हात्तीमा गस्ती गर्दा ‘फणित’ले नेतृत्व गर्छन्। हात्ती हाँक्ने, चराउनेदेखि स्याहारसुसार गर्ने कार्यका लागि यहाँ फणित, पछुवा र माहुत गरी तीन पदमा कर्मचारी कार्यरत छन्। रासस

प्रकाशित: ८ वैशाख २०८० ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App