२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

कतारी राजकुमारीले गरिन् अन्नपूर्ण आरोहण

कतारी राजपरिवारकी सदस्य शेखा अस्मा अलथानीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेकी छन्। कतारी राजकुमारी अलथानी प्रख्यात पर्वतारोही निर्मल (निम्स) पुर्जासँगै अन्नपूर्णको चुचुरोमा शनिबार बेलुकी ४ बजे पुगेकी हुन्।

विभिन्न तालिमसहित प्रशिक्षणपछि कतारी राजकुमारीले आरोहण गरेको एलिट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए। कतारी राजकुमानी पर्वतारोहण क्षेत्रमा विश्व रेकर्ड कायम गरेका निर्माण पुर्जाको जन्मगाउँ अन्नपूर्ण– ३ दानामा समेत भव्य स्वागत गरिएको थियो। एक महिनाअगाडि दानामा आएकी राजकुमारी अलथानीले आरोहणका लागि आवश्यक पर्ने सम्पूर्ण तालिम सम्पन्न गरेपछि आरोहणमा सहभागी भएकी थिइन्। उनी अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो कतारी महिला बनेकी छन्।

राजकुमारी अलथानीले विश्वको सर्वोच्च शिखर सगरमाथा, पाकिस्तान र चीनको सिमानामा अवस्थित ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ र ल्होत्से आरोहण गर्ने पहिलो कतारी महिलाका साथै अरबी देशबाट कञ्चनजंघा र मनास्लुको शिखरमा पुग्ने पहिलो महिला भएको एलिट एक्सपिडिसनले जनाएको छ। उनी विश्वका १४ हजार मिटर अग्ला चुुचरा पूरा गर्ने लक्ष्यसहित आरोहणमा सहभागी छिन्। उनले अहिलेसम्म ८ हजार मिटरभन्दा माथिका १४ मध्ये ७ चुचुरो पार गरिसकेकी छन्। १४ वटा अग्ला हिमालमध्ये आठवटा नेपालमै पर्दछ भने अरू पाकिस्तान र चीनमा छन्। यो सिजनमा एलिट एक्सपिडिसनबाट अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलास्डेयर स्कट म्याकेन्जीले अन्नपूर्ण आरोहण गरिन्। म्याग्दीमा ८ हजार मिटरमाथिका धौलागिरी र अन्नपूर्ण हिमाल पर्छ। फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० वर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेका थिए। उनीहरूले सन् १९५० को जुन ३ अर्थात् २००७ जेठ २१ मा अन्नपूर्णको सफल आरोहण गरेका थिए। पर्वतारोहण क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ –एमबिई) निर्मल पुर्जासँग आरोहणलाई विदेशीले सुरक्षित महसुस गर्ने गरेका छन्।

 

प्रकाशित: ५ वैशाख २०८० ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App