९ असार २०८१ आइतबार
image/svg+xml
समाज

चोरीको मोटरसाइकलसहित सर्लाहीमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चोरीको मोटरसाइकल सहित पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षक खडका बिचकाे कालो चस्मा लगाउने। तस्बिर/ नागरिक

सर्लाहीमा एक जना सशस्त्र प्रहरी निरीक्षकमाथि नै मोटरसाइकल चोरीको आरोप लागेको छ। मोटरसाइकल चोरीको आरोपमा सशस्त्र प्रहरी निरीक्षक अंगद खड्का पक्राउ परेका छन्। मलंगवा नगरपालिका वडा नम्बर ६ स्थित खुटौना बेसमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खड्कालाई चोरीको मोटरसाइकल सहित नियन्त्रणमा लिएर स्थानीयले सर्लाही प्रहरीको जिम्मा लगाएको छ।

गत फागुन १२ गते सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ४ शिवसागर चौकमा रहेको नुतन आयल स्टोरबाट प्रदेश–२–०२–००३ प ७७२९ नम्बरको अपाचे मोटरसाइकल चोरी भएको थियो । रोबिन नामको एक जना सशस्त्र प्रहरी जवानसहित सशस्त्र प्रनि खड्का नुतन आयल स्टोरमा नै पेट्रोल लिन आएपछि सवारी धनीले आफ्नो मोटरसाइकल चिनेर सशस्त्र प्रहरी निरीक्षक खड्कालाई मोटरसाइकलको विषयमा सोधखोज गरेका थिए ।  

सवारी धनी मलंगवा नगरपालिका ९ का राकेश राउत पटेल हुन् । पटेल नुतन आयल स्टोरमाकार्यरत कर्मचारी हुन् । मोटरसाइकल चोरी भएको भोलिपल्ट नै खोजी कार्यको लागि जिल्ला प्रहरी सर्लाहीमा निवेदन समेत दर्ता गराइका छन् ।  

यता सशस्त्र प्रहरीले सर्लाहीको व्यस्त बजारबाट चोरी भएको मोटरसाइकल सवारी धनीलाई दिनु अथवा सोधी खोजिएको सटाबा–२ ब ९७२६ सरकारी नम्बर प्लेट नै राखेर निर्बाध रुपमा चढ्दै आएका थिए ।  

आफ्नो मोटरसाइकल देखेपछि पटेल सवारी साधनको कागजपत्रसित मिलाउँदा इन्जिन र चेचिस नम्बरसमेत मिलेपछि आफ्नो चोरी भएको गाडीमा सरकारी नम्बर प्लेट किन लगाएको भनी सशस्त्र प्रहरी निरीक्षक सँग प्रश्न सोधेका थिए । पटेलले आफ्नो गाडी भएको र त्यसमा सरकारी नम्बर प्लेट चढाएकोमा प्रश्न गरेपछि सप्रनि खड्का गाडी छाडेर भाग्ने प्रयास गरेका थिए तर स्थानीयले सप्रनि खड्कालाई नुतन आयल स्टोरबाटै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।  

गत आइतबार नै पक्राउ परेका सप्रनि खड्कालाई चोख्याउने खेल भित्रभित्रै भइरहेको र घटनालाई गुपचुपमै मिलाउने प्रयास भइरहेको पीडितहरुले बताएका छन् ।  

मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका सप्रनि खड्कालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी श्रोतबाट बुझिएको छ ।  

यता सशस्त्र प्रहरी मधेस–प्रदेश छिन्नमस्ता बाहिनीका प्रमुख डिआइजी दीपेन्द्र शाहले घटनाको विषयमा सुन्नमा आएकोले यर्थाथ रुपमा छानबिन गर्न निर्देशन दिएको बताए ।

प्रकाशित: ५ वैशाख २०८० ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App