९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

दाङमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

ट्रकको ठक्करबाट दाङमा २ जनाको मृत्यु भएको छ। भैरहवाबाट तुलसीपुर तर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले सोही दिशातर्फ गईरहेको लु ७३ प ११६२ नम्बरको मोटरसाईकललाई घोराही उपमहानगरपालिका ११ स्थित खैरा भन्ने स्थानमा ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए।

दुर्घटनामा परि घोराही ११ खैराका २६ बर्षिया सन्देश बस्नेत र सोही ठाउँ निवासी १७ बर्षीय गोपाल बिकको मृत्यु भएको गौतमले जानकारी दिए।

मोटरसाईकल चालक बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र मोटरसाईकलमा सवार विकको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकललाई ट्रकले ठक्कर दिएको थियो।  

प्रकाशित: ४ वैशाख २०८० ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App