२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

दोगडाकेदारमा हत्या प्रकरणः स्थानीय युवक नै संलग्न रहेको आशंका

बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका-८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ।

जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्स रूपमा हत्या गरिएको अवस्थामा शव फेला गरेको थियो।

उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थलको प्रकृति हेर्दा जोशीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुल्न आएको प्रहरी निरीक्षक खत्रीले बताए।

बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका-८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ।

जोशीको हत्या घटनामा गाउँकै युवा संलग्न रहेको र ती युवकको नाम गोप्य राखिएको छ। संलग्न ती युवकले बाटो ढुकेर शनिबार राति ८ बजेतिर धारिलो हतियार प्रहार गरेर जोशीको हत्या गरेको स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

पुरानो रिसी-इबीका कारण ती युवकले जोशीको हत्या गरेका हुन सक्ने जनाइएको छ। केही महिनाअघि मात्रै जोशी र हत्यामा संलग्न ती युवकका परिवार बिचको विवाद जिल्ला प्रहरी कार्यालयमा पुगेर मिलापत्र गराइएको खुल्न आएको छ।

सोही पुरानै विवादका कारण अहिले पनि घटना हुन पुगेको प्रहरीको आशंका छ। संलग्न रहेका भनिएका युवक घटना लगत्तै फरार रहेका छन्। फरार ती युवकको खोजी जारी रहेको र छिट्टै नियन्त्रणमा लिने प्रहरी निरीक्षक खत्रीको दाबी छ।

केही महिनाअघि मात्रै जोशी र हत्यामा संलग्न ती युवकका परिवार बिचको विवाद जिल्ला प्रहरी कार्यालयमा पुगेर मिलापत्र गराइएको खुल्न आएको छ।

उनको खोजीका लागि जिल्ला र जिल्ला बाहिर तथा सीमा-नाकामा हुलियासहित पठाइएको छ। प्रहरी निरीक्षक खत्रीले भने, ‘फरार ती युवकको फोन लोकेसन लगायतका आधारमा खोजी जारी छ। छिट्टै नियन्त्रणमा ल्याउँछौं।’

हत्या फरार रहेका ती युवकको मात्रै नभएर घटनामा अन्य पनि संलग्न हुन सक्ने अनुमान प्रहरीको छ। जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ। रासस

प्रकाशित: ४ वैशाख २०८० ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App