९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

आगलागीपीडितलाई राहत

पफाइल तश

सप्तरीको कञ्चनरूप नगरपालिका-१ बैरवास्थित दलित बस्तीमा मंगलबार बिहान भएको आगलागीमा तीन घर जलेर नष्ट भएका छन्। स्थानीय बिनय खंगको फुसको घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्केर आगलागी हुँदा विनय खंगसँगै वीरेन्द्र खंग र रामेश्वर खंगको घर पनि जलेर खरानी भएको प्रहरीले जनाएको छ।

घरमा लागेको आगो निभाउने क्रममा स्थानीय दुई जना घाइते भएका छन्। ५२ वर्षीय विनय खंग र ३५ वर्षीय राजिन्द्र सदा घाइते भएका हुन्। खंगको ढाड तथा पिठ्युँ जलेको छ भने सदाको जस्तापाताले नाक काटिएको छ। दुवैको स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि खंगलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

आगलागीमा परी तीनै परिवारको घरमा रहेको धान, गहुँसहितको खाद्यान्न, फर्निचरका सामग्री तथा लत्ताकपडा, नगद गरी कुल १९ लाख रूपैयाँबराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए। कञ्चनरूप नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो। आगलागीबाट विनय खंगको बाछीसमेत जलेर मरेको छ।

यसैगरी सोमबार राति सप्तरीको रूपनी गाउँपालिका–२ पिपराहीका रामनारायण साहको मूलघरमा विद्युत् तार सर्ट भएर आगलागी भएको थियो। उक्त आगलागीमा परी साहका दुईवटा खसीसहित सम्पूर्ण सामग्री खरानी हुँदा झन्डै १० लाख रूपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। आगोलाई शम्भुनाथ नगरपालिका र मधेस प्रहरी तालिम केन्द्रको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: २९ चैत्र २०७९ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App