१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या

सर्लाही- सर्लाहीको पिपरियामा एक महिलाले तीन छोरीलाई विषदी खुवाएर आफू पनि विष खाएर हात्महत्या गरेकी छन्। विष सेवनबाट आमा र एक छोरीको मृत्यु भएको छ। दुई छोरीको अवस्था भने चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले बताए।

आइतबार साँझ पिपरिया–३ की ३० वर्षीया गुन्द्र देवीले १३ वर्षीया पूजा कुमारी, १० वर्षीया चन्दा कुमारी, ३ वर्षीया राधा कुमारीलाई विष खुवाएर आफू पनि त्यही विष खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

विष सेवनबाट ३० वर्षीया गुन्द्र देवी र १० वर्षीया चन्दा कुमारीको मृत्यु भएको छ। विष सेवनबाट असक्त भइ उपचारका लागि सर्लाही जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा दुबै जनाको मृत्यु भएको थियो।

१३ वर्षीया पूजा कुमारी र ३ वर्षीया राधाकुमारीको उपचार मलंगवामा सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज पठाइएको छ। उनीहरु सेवन गरेको विषको नाम खुल्न नसकेको र विष सेवन गर्नुको कारण अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रिजालले बताए।

मृतक आमा छोरीको शव पोष्टमार्टमका लागि सर्लाही जिल्ला अस्पतालमा राखिएको छ।

चरम गरिबीका कारण आत्महत्या गरेको हुनसक्ने स्थानीय र प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित: १९ पुस २०७३ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App