६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङ प्रशासनद्वारा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले अत्यावश्यक काम बाहेक सकेसम्म घरबाट बाहिर ननिस्कन र भिडभाड नगर्न तथा जनस्वास्थ्य सुरक्षाका उपाय बेगर भिडभाडमा नजान जिल्लावासीहरूलाई आग्रह गरेको छ।

कोरोना संक्रमणको नयाँ भेरिएन्ट संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अध्यक्षतामा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले सेवाग्राहीको भिडभाड हुने सरकारी तथा अन्य निकायहरुमा सेवा लिन आउँदा मास्कको प्रयोगलाई अनिवार्य गर्ने तथा सेवा प्रदायक निकायले प्रवेशद्वारमा स्यानिटाइजरको प्रबन्ध गर्नुपर्ने निर्णय लिएको छ।

यस्तै गोष्ठी, सेमिनार, बैठक जस्ता भिडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने तथा स्यानिटाइजरको प्रबन्ध गर्नुपर्ने, यस्तो बेलामा साबुन पानीले पटक–पटक हात धुने प्रबन्ध सम्बन्धित निकायले मिलाउनुपर्ने समेत बैठकले निर्णय लिएको छ।

विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा जनस्वास्थ्य सुरक्षाको मापदण्डको अनिवार्य पालना गर्नुपर्ने, कोभिड–१९ विरुद्धको खोप नलगाएका खोपको पूर्ण तथा अतिरिक्त मात्रा लगाउन छुट भएका व्यक्तिहरूलाई खोप लगाउने प्रेरित गर्ने समेत बैठकको निष्कर्ष छ।

खोपको व्यवस्था स्वास्थ्य कार्यालयले ताप्लेजुङले गर्ने निर्णय समेत भएको छ। बैठकले कोभिड–१९ संक्रमण प्रतिकार्यका लागि सरोकारवाला निकायले आवश्यक प्रबन्ध गर्ने समेत निर्णय गरेको छ।

प्रकाशित: २६ चैत्र २०७९ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App