१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सावधान ! चैतको महिना छ, वनमा डढेलो लाग्ला है !

फाइल तस्बिर।

नेपालमा वार्षिक दुई हजार भन्दा बढी वनमा आगलागी हुने गरेको तथ्यांक रहेको छ। २०२१ मा नेपालको ७७ जिल्लामध्ये ७३ वटा जंगलमा आगलागी भएको रिपोर्ट सार्वजनिक छ।

नेपालमा २०२० देखि २०२१ सम्मको अवधिमा देशभर दुई हजार ८७ भन्दा बढी वनमा आगलागी भएको नेपाली वन फायर व्यवस्थापनले रिपोर्ट गरेको छ। फागुन २५, २०२१ सम्म देशभरि कम्तीमा पनि पाँच सय २४ सक्रिय आगोहरू जलिरहेको तथ्यांक छ। धुलो, धुवाँ र खरानीको संयोजन हावामा आगोहरु जलिरहेको बताइन्छ। आगलागीका कारण देशको वायुको गुणस्तर खस्किएको अवस्था छ।

मानव कारक तथा प्राकृतिक कारक गरी वन डढेलोका कारकहरूलाई दुई मुख्य कारकमा भाग गरिन्छ। तथ्याङ्क अनुसार जङ्गलमा लागेको आगोको करिब ९९ प्रतिशत मानव कारकबाट हुने गरेको छ भने १ प्रतिशत प्राकृतिक कारकबाट हुने गरेको छ।

नेपालको सुक्खा मौसम, जुन शरद ऋतुको अन्त्यदेखि गर्मीको सुरुमा चल्छ, सामान्यतया फागुन र चैतमा सबैभन्दा ठूलो आगलागी हुने गरेको तथ्यांकले बताउँछ। सबैभन्दा ठुलोले ६०० हेक्टर भन्दा बढी वन नष्ट गरेको तथ्यांक छ।

वन विज्ञ (एमएसी इन फरेष्ट) सलिना कडाल फागुन चैतको महिनामा नेपालमा विशेष गरेर बनमा डढेलो लाग्ने गरेको सुनाउँछिन्। त्यस कारण यो महिनामा वन डढेलो लाग्न नदिन विशेष चनाखो हुनुपर्ने उनी बताउँछिन्। वन डढेलोको ९९ प्रतिशत कारक मानव नै भएकोले यो मौसममा चुरोट खाएर ठुटा जंगलमा यतिकै फाल्न नहुने लगायतमा विशेष निगरानी राख्नुपर्ने उनी सुनाउँछिन्। फागुन चैतको महिना सुख्खा महिना भई बन जंगल हरियाली नभई सुख्खा रहनु र यही महिनामा बढी हावाहुरी चल्ने गर्दा बढी आगलागी हुने गरेको कडाल सुनाउँछिन्।

जंगली डढेलो वा वन डढेलो भन्नाले ग्रामीण क्षेत्र र शहरी क्षेत्रहरूमा सुरु हुने ज्वलनशील वनस्पतिको क्षेत्रमा अनियोजित, अवाञ्छित, अनियन्त्रित आगो हो। पृथ्वीको कार्बनयुक्त वनस्पति, सुख्खा मौसम, वायुमण्डलीय अक्सिजन, र व्यापक बिजुली र ज्वालामुखी प्रज्वलनले आगोको लागि राम्रो अवस्था सिर्जना गर्दछ। उपलब्ध इन्धन, भौतिक अवस्था र मौसम जस्ता कारकहरूको संयोजनबाट वन डढेलोको व्यवहार र गम्भीरता परिणामको मुल्याकंन हुने गर्दछ। वन डढेलो सबैभन्दा खराब र सबैभन्दा खतरनाक प्राकृतिक प्रकोपमध्ये एक हो। यसले आफ्नो  मार्गका सबै चिजहरू नष्ट गर्छ। वनजंगल मात्रै नभई जंगलमा रहेका चराचुरुङ्गी, जनावर सबै यसले नष्ट गर्दछ।

डिभिजन वन कार्यालय सानोथिमि भक्तपुरका प्रमुख सापकोटा फागुन चैतको यो महिनामा डढेलोबाट आफू र अरुलाई पनि बचाउनुपर्नेमा सचेत हुनुपर्ने बताउँछन्। यसका लागि जंगलमा सलाई वा लाइटर प्रयोग गर्न नहुने, सलाई, लाइटरजस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराख्ने काम हुनुपर्ने उनी बताउँछन्। हाम्रो सानो असावधानीले जंगल मात्रै होइन, आसपासका बस्ती नै उजाड हुनसक्ने भएकोले यी महिनामा सवै जना गम्भीर हुनुपर्ने उनको भनाइ छ। जन, धन र वनको सुरक्षामा विशेष ध्यान दिनुपर्ने महत्त्व उनी दर्शाउँछन्।

प्रत्येक वर्ष विश्वमा ६० देखि ८० हजार वटा जङ्गलमा आगलागी हुने तथ्यांक छ। यसले ३ देखि १० मिलियन हेक्टरको बन विनाश गर्दछ। जङ्गलमा लागेको आगोकै कारण प्रभावित क्षेत्रको इको सिस्टममा आमूल परिवर्तन हने र यसले अन्ततः अप्रत्याशित परिणामहरू निम्त्याउने विज्ञ बताउँछन्। 

संसारको इतिहासमा अष्ट्रेलियाको ठूलो जंगलमा सन् २००७ मा लागेको आगोले ८४ जनाको ज्यान गएको थियो।

प्रकाशित: २२ चैत्र २०७९ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App