३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

नारायणी यातायात वीरगन्जबाट एघार जना बिचौलिया पक्राउ

नारायणी यातायात व्यवस्था कार्यालय वीरगन्जबाट प्रहरीले एघार जना बिचौलियालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो पक्राउ परेका उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट साता दिनको म्याद लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।

नारायणी यातायात कार्यालय वीरगन्जमा आएका सेवाग्राहीहरूलाई काम छिटो गरिदिन्छु भन्दै अतिरिक्त रकम लिने, कार्यालय परिसर भित्र फाइल च्यापी भित्र बाहिर गर्ने, प्रचलित कानुन विपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने गुनासो पछ्याउँदै पुगेको प्रहरीले एघार जना बिचौलियालाई पक्राउ गरेको डिएसपी बुढाथोकीले बताए।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१२ रानीघाटका २५ वर्षीय आलोक कुमार यादव, वडा नम्बर १३ का ४५ वर्षीय किशोर कुमार दयाल, वडा नम्बर १५ का ४० वर्षीय दिपलाल साह , सोही ठाउँका ४६ वर्षीय रामबाबु झा, वडा नम्बर ११ का २३ वर्षीय लालबाबु महतो, सोही ठाउँका ४५ वर्षीय राजेश लामा, वडा नम्बर ३ का ३७ वर्षीय रंजीत गुप्ता, कालिकामाई गाउँपालिका –४ का ४० वर्षीय राजेश महतो, बारा जिल्ला परवानीपुर गाउँपालिका–५ नौतन का ४५ वर्षीय दरोगा दास, प्रसौनी गाउँपालिका –६ का ३० वर्षीय मुकेश साह र सोही ठाउँका २५ वर्षीय दिपु महतो रहेको डिएसपी बुढाथोकीले बताए।

नारायणी यातायात कार्यालय अनियमिततामा मधेस प्रदेशमै नाम चलेको अब्बल कार्यालयको रुपमा चर्चा पाएको छ। यहाँ लाइसेन्सदेखि सवारी नामसारी, रुट परमिट, सवारी दर्तालगायतमा कार्यालय प्रमुखले बिचौलियासँगको सेटिङमा अनियमितता गर्दै आएको गुनासो छ।

प्रकाशित: २१ चैत्र २०७९ १६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App