११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

‘एसियन फुड स्टोर’ बाट म्याद गुज्रिएको सामाग्री बरामद, चार जना पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ स्थित ढुंगेअड्डामा सञ्चालित ‘एसियन फुड स्टोर’ बाट प्रहरीले म्याद गुज्रिएको सामाग्री बरामद गरेको छ।

ढुंगे अड्डाको आर्किड कोलोनीमा स्टोरमा छापा मारेर म्याद गुज्रिएको हरियो केराउ बरामद गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार म्याद गुज्रिएको केराउ ‘रि–लेबलिङ’ गरेको आरोपमा चार पक्राउ परेका छन्।

प्रहरीले केराउको कारोबार गर्ने मध्येका रितेश अग्रवालसहित ४ जनालाई पक्राउ गरेको हो। क्यानडामा उत्पादन भएको भनेर आरोपीहरूले म्याद गुज्रिएको हरियो केराउ रि प्याकिङ गरेर विक्री वितरण गर्ने गरेको पाइएको छ।

केराउ कारोबारी रोहित अग्रवाल फरार छन्। कारोबारीहरूले रि–लेबलिङ गरेर २४० बोरा केराउ बजारमा पठाउन लागेको भेटिएको छ।

प्रकाशित: २० चैत्र २०७९ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App