२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

पुरानो भक्तपुर सम्झाउने भक्तपुर घरेलु उत्पादन मेला सुरु

भक्तपुरमा अहिले ओखलबाट चिउरा कुट्ने चलन लोप भइसकेको छ। मेशिनको विकास भएसँगै अहिले मेशिनबाट चिउरा कुटिन्छ। साथसाथै भक्तपुरमा घरेलु तानबाट कपडा बुन्ने चलन पनि झण्डै लोप भइसकेको छ। तर भक्तपुरमा उही पुरानो भक्तपुरलाई सम्झाउने भक्तपुर घरेलु उत्पादन मेला सुरु शनिबारदेखि सुरु भएको छ। 

स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको जनाएको छ। भक्तपुर नगरपालिकाको आयोजना र भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको सह आयोजनामा मेला सुरु भएको हो। मेला भक्तपुर नगरपालिका वडा नं ३ र ४ को नासमना र तालाक्व टोलमा भएका छन्। 

मेलाको प्रमुख आकर्षणहरुमा भक्तपुरका मौलिक उत्पादनहरु, परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तु, काष्ठकला, धातुकला र प्रस्तरकलाहरु, हस्तकलाका सामाग्रीहरु, नेवारी खाजा स्टल र सांस्कृतिक प्रस्तुति आदि रहेका छन्। मेलाको उद्घाटन ¥याली भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं। ८ जेँला टोलबाट सुरु भएको थियो। ¥याली  जेलाँंबाट दत्तात्रय, सलागणेश, नाग पोखरी, महालक्ष्मी, भुलाछेँ, तुछिमला, तुलाछेँ, त्रिपुरासुन्दरी, दरबार क्षेत्र, खौमा, इताछेँ, बसपार्क, भार्वाचो, तेखापुखु÷वंशगोपाल हुँदै नासमनामा पुगी उद्घाटन कार्यक्रम भएको थियो।

मेलाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित० को प्रमुख आतिथ्यमा भनपा ३ नासमना टोल सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले देशमा उत्पादन भएका घरेलु उत्पादन तथा सामग्रीहरुलाई उत्साहित गर्नुपर्नेमा जोड दिए। देशमै उत्पादन हुने सामग्रीहरु सबैले खरिद गरेर सहयोग गर्न विशेष जोड दिँदै उनले स्थानीय उत्पादनले पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा उनले जोड दिए। 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग देश विकासको आधार भएको बताउँदै यस किसिमको गतिविधिले पर्यटन प्रवर्द्धनका लागि मद्दत गर्ने, नयानया रोजगारीको सृजना हुने, आत्मनिर्भर बनाउने र देशको व्यापार घाटा कम गर्न समेत टेवा पुग्ने बताए। 

भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोरा, वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वलगायतले भक्तपुर नगरपालिकाले विभिन्न समयमा मेला तथा महोत्सवको आयोजना गरिँदै आएको जानकारी दिँदै स्थानीय उत्पादनलाई बढुवा दिनुपर्ने र यसको व्यापक प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याए। उद्घाटन पश्चात् कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले मेलाको स्थलगत अवलोकन गरेका थिए। मेला आइतबारसम्म चल्ने छ।

प्रकाशित: १८ चैत्र २०७९ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App