१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

पर पुरुषसँगको सम्बन्धले ज्यानै लियो

ललितपुर–सप्तरीकी शोभिता खड्काको १२ वर्षअघि सर्लाहीका मनोज यादव (नाम परितर्वन) सँग प्रेम विवाह भयो। विवाहको ३ वर्षपछि दुवै उज्जवल भविष्यको सपना बुन्दै काठमाडौं उपत्यका छिरे। उपत्यकामा  ललितपुर बालकुमारीमा दुवैको नयाँ घरबार सुरुवात भयो ।

उनै शोभिताको हत्या भएको खबर मंगलबार महानगरीय प्रहरी परिसर जावलाखेलले पत्रकार सम्मेल गर्दै सार्वजनिक गर्यो।  उनी गत असोज ५ गतेदेखि आफन्तसँग वेखबर भएकी थिइन्। सम्पर्कमा नआएपछि शोभिताका आफन्तहरुले खोजतलासका लागि महानगरीय प्रहरी प्रभाग सातोदोबाटोमा खबर गरेका थिए । हराएको ३ महिनाको अन्तरालपछि उनको शव ललितपुरको च्यासलस्थित गुह्यपोखरीमा स्थनीयले घाँस काट्ने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 त्यसपछि प्रहरीले उनको शवलाई पोष्टमार्टमकालागि फरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज पठाएको र मृतककी बहिनी सुनिता दुलाल र भाई विपिन ख्डकाले शव सनाखत गरेको जावलाखेल प्रहरीले जनाएको छ। उनको शव भेटिएपछि हत्याराका खोजीमा प्रहरीले सक्रिय रुपमा अनुसन्धान थालेको थियो।

मृत्यु भएकी शोभिताका श्रीमान अहिले साउदीमा छन् । शोभिताको मृत्युको खबर आफ्न्तले उनका श्रीमानलाई अझै सुनाएका छैनन् । आठ बर्षअघि उनीहरु  काठमाडौंमा गएर केही गर्ने आशा बोकेर श्रीमती र दुईवर्षे छोरा लिएर यहाँ आएका थिए।  विहानबेलुका हातमुख जोर्नकै लागि दुवैजनाले ललितपुरको बालुकमारीस्थित  हेरिटज फेसन गार्मेन्ट उद्योगमा काम सुरु गरेका थिए। प्रेम विवाह गरेका कारण श्रीमान मनोज यादव साह्रै माया गर्थे।  काठमाडौं आएपछि श्रीमान श्रीमती मिलेर दैनिकी गुजारेका पनि थिए । करिब दुई बर्ष दुवैजनाले सँगै काम गरे । त्यसपछि श्रीमान मनोज यादवले विदेश जाने सोच बनाए । राम्रो आम्दानी गर्ने आसमा श्रीमान ६ बर्षअघि साउदी गए।

त्यहाँ पुगेर राम्रै आम्दानी पनि गरे । काम सजिलो भएकोले २÷२ बर्षमा नेपाल आउने जाने गर्न थाले ।  धन कमाउन साउदी गएका उनका श्रीमान मनोज यादव २ पटक आएर गएको पनि २ बर्ष बित्दै थियो । यता शोभिताले पारिवारिक खर्च आफै जुटाउने र श्रीमान कमाएका रकम बचत गर्ने सोचले गार्मेन्टको काम छाडेकी थिइनन् । आफ्नै कमाईले ३ मा पढ्ने छोराको पढाई र खर्च धानेकी थिइन् ।

गार्मेन्टमै काम गर्ने क्रममा रौतहट समनपुर ५ घर भएका २० वर्षीय राजु महमदसँग उनको भेट भयो । राजु पनि त्यही गार्मेन्ट उद्योगमै काम गर्थे । एउटै अफिसमा काम गर्ने भएपछि राजु र शाभिताको सम्बन्ध निकट बन्दै गयो। राजु महमद पनि बालुकमारी डेरा लिएर बस्दै आएका थिए । श्रीमान विदेशमा भएका कारण पर पुरुषसँग बस्न र हिड्न शोभितालाई छुटकारा थियो । नजिकिँदै जाने क्रममा उनीहरुको बीचमा माया पे्रम बस्न थाल्यो । शोभिता र राजुको उमेर १० बर्षले फरक थियो । शोभिता ३० बर्षकी थिइन भने राजु २० बर्षका ।

आखिर प्रेमले उमेर हेर्दैन भनेझै उनीहरुको सम्बन्ध गाढा बन्दै गयो । एकअर्कामा निकट भए । विस्तारै उनीहरुको प्रेम सम्बन्ध शारिरीक सम्बन्धमा परिणत भयो । गर्भ रह्यो । गर्भ रहेका तीन महिनापछि राजु महमदले शोभितालाई गर्भपतनको औषधि खुवाए । तर शोभिताले त्यतिले मात्र नहुने भन्दै पाँच लाख पैसा माग गरिन् ।
पाँच लाख नदिए श्रीमान विदेशबाट फर्किने समय भएकाले कारवाही गर्ने धम्की दिएपछि राजु महमद हच्किएका थिए । त्यसपछि उनले शोभितालाई हत्या गर्ने योजना बुन्न थाले ।  पैसा दिने वहानामा असोज ५ गते ललितपुर च्यासलस्थित गुह्यपोखरीमा गई केही समय गपगाफ गरे । कुराकानी गर्दै जाँदा राति भइसकेको थियो।

पोखरीमा बस्ने क्रममा शोभिताले  पैसा निकाल्न आग्रह गर्दा राजु महमदले पोखरी छेउमा लगी घाटी थिचेर हत्या गरी पोखरीमा फालेको ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए। उनले भने, ‘पीडक महमदले हत्याको लागि कोटेश्वरबाट चक्कु किनेर ल्याएको प्रमाण खुलासा भएको छ ।’
उनले जावलाखेल प्रहरीले दुई महिनापछिको अनवरत अनुसन्धानपछि मंसिर २० गते पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेकाको जानकारी दिए।
असोज ५ गते हराएको खबर पाएपछि आफूहरुले महानगरीय प्रहरी प्रभाग सातोदोबाटोमा खबर गरेको मृतकका भाई विपीन खड्काले जानकारी दिए ।

उनले भने, ‘दिदी हराएको खबर सुन्नासाथ हामीले प्रहरीको खबर गरेका थियौँ तर प्रहरीले अनुसन्धानमा ढिलाई गरेपछि लास कुहिएपछि मात्र फेला पर्यो, प्रहरीले चाडो अन्सन्धान गरेको भए अनुहार भएपनि राम्रोसँग हेर्न पाउँथ्यौँ ।’ उनले हत्यारालाई तुरुन्त कानुनी सजाय दिन माग गरे।

प्रकाशित: २३ मंसिर २०७३ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App