coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सभामुख घिमिरेलाई माफी माग्दै अभिव्यक्ति फिर्ता लिन आग्रह

प्रेस सेन्टर कास्कीको साधारणसभामा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा। तस्बिरः सन्देश/नागरिक

प्रेस सेन्टर नेपालले सभामुख देवराज घिमिरेलाई माफी मागेर अभिव्यक्ति फिर्ता लिन आग्रह गरेको छ। सभामुख घिमिरेले समग्र पत्रकार र पेशा माथि नै आक्षेप लगाउने अभिव्यक्ति दिएकोप्रति भत्र्सना गर्दै सो अभिव्यक्तिप्रति माफी मागेर अभिव्यक्ति फिर्ता लिन प्रेस सेन्टरले सभामुख घिमिरेलाई आग्रह गरेको हो।

सभामुख घिमिरेले केहि दिनअघि मात्र पत्रकारहरु बिक्रिमा रहेको र पीत पत्रकारिता गरिरहेको आरोप लगाएका थिए। सोहि विषयमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले प्रेस सेन्टर कास्कीको साधारण सभामा बोल्दै भनेका छन्, ‘सभामुखको धारणा अभिव्यक्ति माथिको आक्रमण हो। यसप्रति प्रेस सेन्टर नेपालको गम्भीर आपत्ती छ र सो अभिव्यक्तिमाथि भत्र्सना गर्दै खेद व्यक्त गर्दछ।’

अध्यक्ष सापकोटाले सभामुखको अभिव्यक्ति समग्र पत्रकारितालाई बद्नाम र कमजोर बनाउने गरी आएको बताए। उनले भने, ‘मेरो अपिल र आग्रह छः अभिव्यक्ति पत्रकारितालाई लाञ्छित गर्ने उद्देश्यले आएकाले अविलम्व माफी मागियोस् र शव्द फिर्ता लिइयोस्।’ उनले अभिव्यक्ति फिर्ता नलिए र माफी नमागे प्रेस सेन्टर नेपालले सभामुखमाथि पनि त्यहि अनुसारको व्यवहार गर्ने चेतावनी दिए।

‘हाम्रो पत्रकारिता र पेशा सबैभन्दा राम्रो हो र उत्कृष्ट छ भन्ने होईन,’ उनले अगाडि थपे, ‘हामी पत्रकारहरु सबै दूधले धोएका छैनौं। हामीमा पनि कमजोरीहरु छन्। हाम्रो पेशामा पनि केही सीमाहरु छन्। केही समस्याहरु छन्। यसो भन्दैमा समग्र पत्रकार र पेशामाथि आक्षेप लगाउन पाईंदैन।’

प्रकाशित: ५ चैत्र २०७९ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App