बाँसगढी नगरपालिका–५ केदारेश्वरधाम नजिक राजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाँके कोहलपुर नगरपालिका–१ का केशब धितालको आज बिहान शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे ६ प ९०१५ नम्बरको मोटरसाईकललाई आइतबार राति टिप्परले ठक्कर दिई मोटरसाईकल चालक धिताल गम्भिर रुपमा घाईते भएका थिए।
घाईते धितालको टाउकोमा चोट लागेको थियो। घटना पश्चात सवारी साधनसहित चालक फरार भएका थिए। फरार सवारी साधन र चालकको खोजीमा व्यापक रुपमा प्रहरी परिचालित भएका थिए।
प्रहरीले खोजतलासको क्रममा सोमबार बिहान ११ बजे ठक्कर दिई फरार रहेको सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले टिप्पर चालक बाँकेका ४१ वर्षिय प्रेम थारु र लु ९७८६ नंम्बरको टिप्पर नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको एसपी सुधिर राजशाहीले जानकारी दिए।
प्रकाशित: २९ फाल्गुन २०७९ १२:०६ सोमबार





