२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ: कुलमान घिसिङ

फाइल तस्बिर

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन्। उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतिय सवारी साधनहरु आइरहेका बताए।

उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताए। त्यस्तै विद्युतिय सवारी साधनको प्रयोगले प्रदुषण पनि घट्ने भन्दै उनले विद्युतिय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए। वातावरणिय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतिय सवारी साधन नै उपयुक्त भएको उनको भनाइ छ।

उनले भने, ‘जुन किसिमले हाम्रो नेपालको क्लिन इलेक्ट्रिसिटी प्रमोशन भइरहेको छ, त्यसलाई कन्ज्युम्सन बढाउने। लगानी सँगै हाम्रो खपत बढाउने कार्ययोजना अन्र्तगत विद्युतिय सवारी साधनहरु आइरहेको छ, त्यसको लागि सबैलाई म आह्वान गर्छु विद्युतिय सवारी साधन प्रयोग गरिदिनु हुन। सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ। त्यसले दुईवटा काम गर्छ। एउटा, तपाई आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अपरेशन कस्टमा, विद्युतिय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर कस्ट लाग्छ। जबकी पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०/१२ रुपैयाँ पर्छ। र गाडीहरुमा प्रति किलोमिटर कस्ट चाहीँ एक रुपैयाँभन्दा कम छ विद्युतिय सवारीमा। ६० पैसादेखि ९० पैसाको हाराहारीमा। जबकी पेट्रोल, डिजेलको १५/२० रुपैयाँ पर्छ। मेन्टेनेन्स कस्ट पनि एकदमै कम छ, किनभने इञ्जिन हुँदैन। रनिङ कस्ट नि कम छ, उपभोक्तालाई फाइदा छ। पेट्रोल, डिजेलको गाडीले जुन प्रदुषण आइरहेको छ, काठमाडौं लगायत विभिन्न शहरहरुमा। विद्युतिय सवारी साधन चल्दाखेरी त्यो प्रदुषण पनि हट्छ। वातावरणको हिसावले, स्वास्थ्य सुरक्षाको हिसावले उपयुक्त सवारी साधन भनेको विद्युतिय सवारी साधन नै हो। यसले नेपाललाई क्लिन इनर्जी, कार्बन न्यूट्रलतिर लानलाई ठूलो सहयोग गर्नेछ। आगामी दिनमा सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ।’

उनले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने बताए।

प्रकाशित: २९ फाल्गुन २०७९ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App