५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

एनआरएमकी कार्यकारी निर्देशक ज्ञवालीसहित नौ महिलालाई सक्षम नारी सम्मान २०७९

डीभी एजुकेशनले व्यापार, शिक्षा, सञ्चार, कला, खेलकुद र आतिथ्य क्षेत्रलगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रभाव पार्ने नौ जना महिलालाई डीभी सक्षम नारी सम्मान–२०७९ प्रदान गरेको छ।  

शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच ९ जना महिलालाई सम्मान गरिएको हो।

कार्यक्रमकी प्रमुख अतिथि माइती नेपालकी संस्थापक अनुराधा कोइराला र डीभी ग्रुप अफ कम्पनीजका निर्देशक तरुण प्रताप शाहले आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने ९ जना महिलालाई नारी सम्मान पुरस्कारले सम्मान गरेका थिए।

नेपाल रिपब्लिक मिडियाकी कार्यकारी निर्देशक सम्वृद्धि ज्ञवालीलाई पत्रकारिता र साहित्य’ क्षेत्रको ‘आई राइट, दियरफर आइ एम’ पुरस्कार प्रदान गरिएको हो।

पूर्व मिस नेपाल अनुष्का श्रेष्ठको कम्पनी मक्कुसेले स्टार्टअप/इनोभेसन: द ओरिजिनल्स अवार्ड प्राप्त गरेको छ। त्यस्तै, हिलिंग ह्यान्ड्स अवार्ड वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.स्वराज भण्डारीलाई प्रदान गरिएको छ। भाएनेट कम्प्यूनिकेसन्सकी सीईओ सेवा पाठकलाई व्यापार र बैंकिङका लागि गेम चेन्जर अवार्ड प्रदान गरिएको थियो।

शिक्षा क्षेत्रमा योगदान पुर्याए बापत नेपाल खुला विश्वविद्यालयका उपकुलपति डा. शिलु मानन्धर बज्रचार्यलाई ‘इन ए क्लास अफ दियर ओन’ अवार्ड प्रदान गरिएको छ भने सेभेन समिट वुमनकी शैली बस्नेतले खेलकुद तर्फको ‘आई एम अ ट्रेलब्लेजर’ अवार्ड प्राप्त गरेकी छन्।

चर्चित गायिका इन्दिरा जोशीलाई ‘वुमन लाइक वाटर अवार्ड’ र नेपाल प्रहरीका डीआईजी किरण बजराचार्यलाई ‘डटर अफ सोसाइटी’ अवार्ड प्रदान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनुराधा कोइरालाले बालिका बेचबिखन रोक्न युवाहरुलाई शिक्षा दिनुपर्नेमा जोड दिइन। ‘धेरैजसो मानिसहरूले केटी बेचबिखनको सबैभन्दा ठूलो कारण गरिबी हो भन्ने ठान्छन्। तर, बालिका बेचबिखनको मुख्य कारण केटीहरूको उचित शिक्षा नहुनु नै हो भन्ने मलाई लाग्छ,’ उनले भनिन्, ‘अनिवार्य, नि:शुल्क र गुणस्तरीय शिक्षाको वकालत गर्नुपर्छ।’

अवार्ड अभिनन्दनपछि घरेलु हिंसा सम्बन्धी प्यानलमा छलफल भएको थियो जसमा तीनजना पूर्व मिस नेपाल विजेता प्रीति सिटौला, जेनिशा मोक्तान र मलिना जोशी सहभागी थिए। उनीहरूले घरेलु हिंसालाई गम्भीरताका साथ लिने, दुव्र्यवहार गर्नेहरूलाई जवाफदेही बनाउन र पीडितहरूलाई थप क्षति हुन नदिन सहयोग र स्रोतहरू उपलब्ध गराउनु कत्तिको महत्त्वपूर्ण छ भनेर छलफल गरे।

प्रकाशित: २६ फाल्गुन २०७९ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App