२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
समाज

विद्यालयमा सिसि क्यामेरा, अभिभावकको मोबाइलमा भिजुवल

झापा हल्दिवारी गाउँपालिकाले विद्यालयमा जडान गरेको सिसि क्यामेराको एप लन्च गरेको छ। पालिकाले विद्यालयमा जडान गरिएका क्यामेराबाट घरमै दृश्य हेर्न मिल्ने गरी एप लन्च गरेको हो।

गाउँपालिका भित्र रहेका १७ वटा सामुदायिक विद्यालयहरूमा यस अघि नै १५ लाख लागतमा सिसि क्यामेरा जडान गरिसकेको छ। अभिभावकहरूले आफ्नो मोबाइलमा प्ले स्टोरबाट एप डाउनलोड गरी विद्यालयको गतिविधि नियाल्न सक्नेछन्। एपमा लग इन गर्न अभिभावकहरूले पालिकाको आइटी शाखामा निवेदन दिनुपर्ने हुन्छ।

विद्यालयमा शिक्षक र विद्यार्थीको गतिविधि नियाल्दै शैक्षिक गुणस्तर उकास्न यो एप उपयोगी हुने एप लन्च गर्दै गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए।

अध्यक्ष लिङ्देनले विद्यार्थीको सुरक्षा सँगै एपले अभिभावकलाई पनि विद्यालयप्रति अपनत्व महसुस गराउने बताए। एपले विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र अभिभावकलाई पनि विद्यालय प्रति जिम्मेवार बनाउने तर्क समेत गरे।

गाउँपालिका भित्र कुल ५,५८१ विद्यार्थीहरू सामुदायिक विद्यालयमा अध्ययनरत छन्।

प्रकाशित: २२ फाल्गुन २०७९ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App