२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अदालतकाे मानहानी गरेकाे भन्दै लोकमान विरुद्ध सर्वोच्चमा अर्काे मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की र म्याद तामेलीमा अवरोध गर्ने उनका सहयोगीहरु विरुद्ध सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना मुद्दा’ दर्ता भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीसहित उनका ज्वाईं प्रवल थापालगायत ४ जना र अन्य ‘प्रतिकार समूह’ले म्याद तामेलीमा अवरोध गरेकाले उनीहरुलाई कारवाहीको माग राखी सर्वोच्चमा उजुरीपत्र दर्ता गराएका हुन्।

म्याद तामेलीमा अवरोध गरे मुलुकी ऐनको अदालतको बन्दोबस्ती सम्बन्धी महल अनुसार १५ दिन कैद, एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। उजुरीमा कृषि विकास बैंकका अध्यक्ष एवं पूर्व कानुन सचिव प्रमोद कार्की र महानगरीय प्रहरी वृत्त बानेश्वरका सई नकुलराज गौतमलाई पनि विपक्षी बनाइएको छ।

आयोगका निलम्वित प्रमुख आयुक्त कार्की विरुद्ध मुद्दाको म्याद तामेली गर्ने सर्वोच्च अदालतको तेस्र्रो प्रयास पनि असफल भएको थियो । दुई पटकसम्म विभिन्न कारणले रोकिएको कार्कीकोे म्याद तामेली स्थानीय टोले युवाहरुले अवरोध गरेपछि असफल भएको थियो। यसअघि म्याद तामेलका लागि खटिएका तामेलदार शम्भु खत्रीले आफूले नसकेको प्रतिवेदन दिएपछि सर्वोच्चले नयाँ तामेलदार खटाएको थियो।

 

प्रकाशित: १८ कार्तिक २०७३ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App