२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वडाको सिफारिस पछि मात्र बिहे

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर ४ ले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। 

गाउँपालिका भित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै वडा नम्बर ४ को कार्यालय मार्फत विवाह गर्नु पूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको वडाध्यक्ष प्रदीप प्रसाद चौलागाँईले जानकारी दिए।

बालविवाह नियन्त्रण गर्न अनेकौँ प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था वडाले गरेको उनको भनाइ छ। उनले २० वर्ष उमेर समूह मुनिका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्म दर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए।

शुभकालिका गाउँपालिका वडा नम्बर ४ मा २० वर्ष उमेर नपुगी गरिने बालविवाहलाई रोकी वडालाई बालविवाह मुक्त वडा बनाउन यो सिफारिस अनिवार्य गरिएको उनको भनाई छ।

बालविवाह हुनुमा मुख्य भूमिका अभिभावकको हुने भएकाले बालविवाह रोक्ने अभिभावकलाई सम्मान गर्ने योजना समेत रहेको बताइएको छ। विद्यालय उमेरका केटाकेटीले भागेर विवाह गर्ने चलन रोक्न विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने गरेको बाल अभियान्ता रमिता चौलागाँईले बताइन्। 

उनले भनिन् ‘बालविवाह गर्ने गराउनेलाई कानुन अनुसारको कारबाही छँदै छ। बालविवाह गर्नेका अभिभावकलाई निगरानीमा राखेर वडा कार्यालयबाट हुने सेवा सुविधा रोक्न लगाउनेछौँ।’

प्रकाशित: १६ फाल्गुन २०७९ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App