४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भोकसँग मानिस सम्झौता गर्न सक्छ तर सुरक्षासँग सक्दैन: महानिरीक्षक अर्याल

सिरहा-   प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सिरहाका प्रहरी अधिकारीहरुलाई पीडितमैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका छन्।

                शुक्रवार सिरहा जिल्ला प्रहरी कार्यालयको आधुनिक भवन सिलान्यास गर्न गृहजिल्ला आएका अर्यालले भने,‘भोक, प्याससँग मानिस सम्झौता गर्न सक्छ तर शान्ति सुरक्षासंग सम्झौता गर्न सक्दैन्।’ पानीको अभावमा मानिस जन्मथलो छाडेर जाँदैन तर शान्ति सुरक्षा नहुँदा छाड्न सक्छ। उनले थपे,‘समाजलाई अपराधमुक्त बनाउन गाउँ बस्तीमा प्रभावकारी प्रहरी सेवा प्रवाह गर्नुस्।’

                ९ करोड ६० लाख रकममा बन्न लागेको जिल्ला प्रहरी कार्यालयको आधुनिक भवन मुलुककै नमुना प्रहरी कार्यालय हुने अर्यालले बताए। यती धेरै रकममा अरु कुनै प्रहरी कार्यालय बनेको छैन उनले थपे,‘मेरो कार्यकालमा मेरै गृह जिल्लामा बन्न लागेको यो भवनको सिलान्यास गर्न पाउँदा आफुलाई भाग्यमानी ठानेको छु।’

                'भवन भब्य र सुन्दर भएर मात्र पुग्दैन, यो भवनभित्र बसेर प्रहरीले दिने सेवाले भवनको सुन्दरता बढाउँछ', उनले भने। सुन्दर भवनभित्र बसेर अनैतिक र अमर्यादित काम गरे यो भवनको कुनै औचित्य नहुने उनको भनाई थियो।

प्रहरी प्रविधि र सिपका हिसावले कुशल बन्दै समाजसँग नजिक भए मात्र अपराध न्युनिकरणमा सफलता हात पार्न सक्ने अर्यालको भनाई थियो।

               

               

 

 

प्रकाशित: १२ कार्तिक २०७३ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App