१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा सोमबारदेखि बज्रगुरु मन्त्र जप हुने

सोमबारदेखि ताप्लेजुङमा  तीनदिने बज्रगुरु मन्त्र जप कार्यक्रम सञ्चालन गरिने भएको छ । विश्व शान्ति तथा समस्त प्राणीहरूको हितका लागि चौथो बज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गरिएको हो।

मानिसलाई आध्यात्मिक अभ्यासका माध्यमबाट आन्तरिक शक्तिसँग जोड्ने र सामाजिक सम्बन्धलाई थप बलियो बनाउने समेत उद्देश्यले बज्रगुरु मन्त्र जप कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । लगातार तीन दिनसम्म हुने उक्त कार्यक्रममा आर्य अवलोकितेश्वरको अभिषेकका साथै गुरु पद्मसम्भव, आर्य अवलोकितेश्वर र आर्य तारा मन्त्रको आगम प्रदान गरिने आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा लामा जोपा रिन्पोछे आउने बताइएको छ। आइतबार दिउँसो लामा जोपा रिन्पोछ हेलिकोप्टरमार्फत आउनुहुने र समापनको दिनसम्म रहने सञ्चालक समितिका अध्यक्ष खेन्पो थुप्तेन जिग्डोल लामाले जानकारी दिए।

यस कार्यक्रममा छिमेकी जिल्ला पाँचथर, इलाम, झापा, तेह्रथुम, सङ्खुवासभासहितका गरी करिब ३० हजार भक्तजन उपस्थित हुने अनुमान गरिएको छ । ताप्लेजुङमा यसअघि समेत तीन बज्रगुरु मन्त्र जप आयोजना गरिसकिएको छ।

प्रकाशित: १३ फाल्गुन २०७९ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App