२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने चालक दललाई उडानमा रोक

नागरिक उड्डयन प्राधिकरणले विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का चालक दलका सदस्यलाई तत्काल उडानमा रोक लगाउन निर्देशन दिएको छ।

काठमाडौंको उडानमा चालक दलका सदस्य (पाइलट र कोपाइलट)ले गत साउन १२ गते (२८ जुलाई, २०२२) मा मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने क्रममा विमान परिचारिकामाथि गैर–व्यवसायिक कार्य तथा दुर्व्यवहार गरेको प्राधिकरणले जनाएको छ।  

विमान परिचारिकाले उजुरी गरेपछि प्राधिकरणले आवश्यक कारबाही गर्न चालक दलका सम्पूर्ण सदस्यहरुलाई उडानमा रोक लगाएको हो।

निगमको उडान संख्या आरए–४१६ का चालक दलका सदस्यले विमान परिचारिकामाथि गैर–व्यावसायिक तथा दुर्व्यवहार गरेको ठहर गर्दै प्राधिकरणले कारबाही सिफारिस गरेको हो।

No description available.

प्रकाशित: १२ फाल्गुन २०७९ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App