१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

श्रीमान् श्रीमती मृत फेला

डुडुवा गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती नदीमा शुक्रबार श्रीमान् श्रीमतीको शव भेटिएको छ। ८७ वर्षीय तिलबहादुर बुढा र उनीहरु श्रीमती ६७ वर्षीया बुद्धिमला मृत अवस्थामा भेटिएका हुन्।

माछा मार्नेहरुले उनीहरुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले जनाए। मृतक उनीहरुका छोराछोरी थिएनन्। ‘मृतकका छोराछोरी नभएको भन्ने बुझिएको छ,’ एसपी राठौरले भने, ‘उनीहरु धर्मात्मा खालका थिए। विभिन्न ठाउँमा आश्रम बनाएका थिए। विपन्नलाई सहयोग पनि गर्दा रहेछन् भन्ने सुनियो।’

साथै उनीहरुको शव भेटिएको स्थानमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, एसपी राठौर पनि घटनास्थलमा पुगेका छन्।

प्रकाशित: १२ फाल्गुन २०७९ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App