४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

८० प्रतिशत स्याउ उत्पादक किसान बिमा गर्न बाट बञ्चित

फाइल तस्वीर

जुम्लामा २० प्रतिशत किसानले मात्रै स्याउ बिमा गरेका छन्। जुम्लामा झण्डै १२ हजार घरधुरी स्याउ खेतीमा निर्भर देखिएको जुम्ला २० प्रतिशत अर्थात २ हजार ४ सय ६१ जना किसान मात्रै हाल सम्म बिमित रहेको शिखर इन्सोरेन्स कम्पनी जुम्लाको तथ्यांक छ। सरकारी तथ्यांक हेर्ने हो भने कुल १९ हजार बढी घरधुरी रहेको जुम्लाको जनसंख्या करिब १ लाख २० हजार रहेको छ। जसमध्ये कुल घरधुरीको (९१.८९) प्रतिशत नागरिक कृषि पेशामा आश्रित रहेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ। 

१९ हजार घरधुरीमध्ये जुम्लाका १२ हजार घरधुरी व्यवसायिक स्याउ खेती गरिरहेका छन्। तर बिमित भने २४ सय ६१ जना किसानमात्रै छन्। ३३ सय ५० हेक्टर जमिनमा १२ हजार घरधुरीका किसानले १४ हजार ५ सय बगैंचामा स्याउ खेती गरिरहेका छन्। विगतका वर्षमा असिना पानी, कालो तुसारो जस्ता प्रकोपले स्याउ किसानल करोडौको क्षति व्यहोर्दै आएका छन्। एकातिर पुजीँ अभाव र अर्को तिर चेतना शिक्षाको कमीले जुम्लाका किसान अझै अपेक्षित रुपमा कृषि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। दुर्गमका किसान बिमामा लगानी गरेर लाभ लिन न ज्ञानले सक्षम छन, न उनीहरूसँग प्रयाप्त पुजीँ छ। जसका कारण वर्षभरी श्रम गरेर प्राकृतिक प्रकोपका कारण पटक पटक घाटा खेप्न बाध्य छन्। 

कृषि, पशु, स्वास्थ्य, जीवन तथा निर्जिवन लगायतका बिमाहरू स्थानीयलाई अति आवश्यक छ। भिरपाखो नभनी स्वास्थ्यको ख्याल नगरी कृषि कर्ममा लाग्ने, कडा मेहनत गरी तरकारी फलाउने व्यक्तिलाई बिमाको आवश्यक छ। कृषिमा आत्मनिर्भर मुलुकमा किसान र किसानको उत्पादननै सुरक्षित गर्ने नीति र किसान संग प्रयाप्त पुजीँ नहुनु दुखद पक्ष भएकोले जुम्लाका स्याउ किसानको सरकारी तबरबाटै अनिवार्य बिमाक नीति निर्माण हुन जरुरी छ। जुम्लामा शिखर इन्सोरेन्स कम्पनीले वर्षौंदेखि कृषि विकास कार्यालय संग समन्वय गरी स्याउ, मार्सी धान, पशु लगायतको बिमा गर्दै आएको छ । तर करिब आधा दशकबढी समय बितिसक्दा पनि जुम्लाका किसान अपेक्षित रुपमा बिमाको पहुँचमा पुग्न सकेका छैनन्। 

जुम्ली किसानको मुख्य आम्दानीको स्रोत मानिने स्याउको बिमा नगर्दा किसानले घाटा खादै आएका छन्। अहिलेसम्म जुम्लाका ७ सय १ जनाले मात्रै पशु बिमा गरेका छन् । भने, ६ जना धान बिमा गरेका छन्। जुम्लाको प्रमुख नगदेबाली, मुख्य आयस्रोत स्याउ खेतीमा जोखिम बढ्दै गएपनि पुँजी अभावले किसानले बिमाको पहुँचमा आउन नसकेको शिखर ईन्सोरेन्स जुम्ला शाखा प्रबन्धक दिपदर्शन फडेराले बताए। स्थानीय सरकारले किसानको बिमा जोड दिन आबश्यक छ। त्यस्तै गत वर्षको बेमौसमी वर्षाले जुम्लाको १८ हेक्टर मार्सीफाँटको धानबालीमा क्षति गर्दा १२ सय मेट्रिकटन धान उत्पादन घट्यो। तर किसानले राहत पाएनन्। त्यसैले कृषि बिमा किसानको पहुँच बृद्धि गर्न स्थानीय सरकारको नीति आबश्यक रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारी बताउँनुहुन्छ। कृषिमा आत्मनिर्भर कर्णाली र कृषि प्रदान मुलुकमा किसानको र उत्पादनको सुरक्षा हुने, प्रकोपबाट हुने क्षतिको राहत सरकारने दिने कृषिमैत्री नीति बन्न जरुरी रहेको उनको भनाई छ।

प्रकाशित: १० फाल्गुन २०७९ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App