१६ पुस २०८२ बुधबार
image/svg+xml
समाज

भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार-'अबको काम इन्फेक्सनबाट बचाउने'

खाना पकाउने ग्यास लिकपछि भएको आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ। मुम्बईको नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका उनको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आइरहेको हो।  

भण्डारीको उपचारमा सुरुदेखिसँगै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार भण्डारीको उपचारमा अबको काम इन्फेक्सनबाट बचाउने रहेको छ।  

उपचारमा संलग्न डा. अमोल मात्रेलाई उदृत गर्दै  कँडेल भन्छन्, 'गएराति भण्डारीलाई पाँच लिटर मात्रै अक्सिजनमा मात्र राखिने भनिए पनि प्रेसर मास्क आठ लिटरमै राखिएको छ। एण्टिवायोटिक थप गरेपछि इन्फेक्सनको मात्रा कम हुँदै गएको छ। पारामिटरहरू नर्मल रहेका छन् । ज्वरो छैन । यो बेला ज्वरो आउनु हुँदैन आएमा राम्रो हुँदैन भन्नेछ। अबको काम इन्फेक्सनबाट बचाउने हो।'

प्रकाशित: १० फाल्गुन २०७९ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App