२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरीको निःशुल्क बसमा ५ हजार ६ सय ५६ यात्रु

काठमाडौं- दशैंका बेला नेपाल प्रहरीले चलाएको निशुल्क बसबाट ५ हजार ६ सय ५६ जनाले सेवा लिएका छन्। प्रहरीले असोज २२ गतेदेखि असोज २७ गतेसम्मका लागि ३ रुटमा बस सञ्चालन गरेको थियो।            निशुल्क बस सेवा अन्तर्गत १ नम्वर रुटमा १ हजार ९ सय ८३ जनाले, २ नम्वर रुटमा १ हजार ९ सय ७ जनाले र ३ नम्वर रुटमा १ हजार ७ सय ६६ जनाले निःशुल्क बस सेवा लिएका हुन्।

                प्रहरीले उक्त सेवा अन्तर्गत पहिलो रुटको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल आइपुग्ने गरी संचालन गरेको थियो।

                यसैगरी दोस्रो रुटको बस नक्सालबाट सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, शहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल आइपुग्ने गरी संचालन गरेको थियो।

                यसैगरी तेस्रो रुटको बस नक्सालबाट सुरु भई जयनेपाल हल चोक, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातोपुल हुँदै पुनः नक्साल आइपुग्ने गरी संचालन गरेको हो।

 

प्रकाशित: २८ आश्विन २०७३ १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App