६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटन प्रवर्द्धन गर्न मन्त्री पन्थी सहितको टोलीद्वारा बुद्ध स्थलको अवलोकन

कपिलवस्तुमा विश्व कै सबैभन्दा ठुलो बुद्धको मूर्ति बनाउन पहल

लुम्बिनी प्रदेश सरकारका नव नियुक्त स्वास्थ्य मन्त्री विष्णु पन्थी र लुम्बिनी विकास कोषको टोलीले कपिलवस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेको छ। कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो।

 टोलीमा बुद्ध स्थलको विकास तथा त्यससँग जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्री सहितको टोलीले बुद्ध स्थलको स्थल अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले जानकारी दिए। कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित सांसद समेत रहेका मन्त्री पन्थीले गौतम बुद्धको घर नै कपिलवस्तु भएकाले यहाँका बुद्ध स्थलको संरक्षणसँगै प्रवर्द्धन गर्ने गरी योजना बनाउन विभिन्न क्षेत्रको अवलोकन गरेको बताए।

 मन्त्री पन्थीले बुद्ध स्थललाई जोडेर पर्यटक आकर्षित गर्न अन्य पर्यटन संरचना निर्माण गर्ने गरी पहल भइरहेको बताए। संघीय, प्रदेश र स्थानीय सरकार, लुम्बिनी विकास कोष र  अन्तर्राष्ट्रिय दातृ निकायलाई जोडेर कपिलवस्तुका बुद्ध स्थल क्षेत्रमा पर्यटन पूर्वाधार बनाउन पहल थालिएको उनले बताए।  मन्त्री पन्थीले कपिलवस्तुमा विश्वकै ठुलो बुद्धमूर्ती स्थापना गरिने बताए। टोलीमा बुद्धमूर्ती स्थापना गर्ने दातृ निकाय वर्ल्ड बुद्धिष्टि रिलिजन एसोसिएशनका उपाध्यक्ष चेङ की सेङ्जको समेत उपस्थिति थियो। एसोसिशनले कपिलवस्तुमा विश्वकै ठुलो बुद्धमूर्ती स्थापनाको प्रस्ताव ल्याएको छ। 

सोप्रस्तावपछि मन्त्री सहितको टोलीले कपिलवस्तु नगरपालिका वडा न। ९ स्थित बाणगंगा नदी उकास क्षेत्र जर्लैया सम्भावित बुद्धमूर्ती स्थल हुनसक्ने भन्दै देखाइएको छ। नदी उकास क्षेत्रको अवलोकनअघि कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलसँग छलफल गरिएको थियो। त्यस्तै जगदीशपुर तालको समेत अवलोकन गरिएको थियो। सगरहवामा फागुन २३ गतेदेखि गर्न लागिएको कपिलवस्तु राष्ट्रिय मूर्तिकलाका कार्यशाला तयारीको सम्बन्धमा पनि लुम्बिनी विकास कोषले जानकारी लिएको छ। 

मन्त्री पन्थी सहित लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका पूरातात्व विभागका प्रमुख हिमाल उप्रेती, कपिलवस्तु नगरपालिका वडा न. ९ का वडाअध्यक्ष दीपक गुरुङ, वर्ल्ड बुद्धिष्टि रिलिजन एसोसिएशनका उपाध्यक्ष चेङ की सेङ्ज, कोषका कपिलवस्तु शाखा प्रमुख माधवप्रसाद आचार्य,  पत्रकार भेषराज पाण्डे लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित: ६ फाल्गुन २०७९ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App