३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

अलपत्र पुल निर्माणमा उपप्रधानमन्त्री श्रेष्ठको चासो

अलपत्र परेको पुलको अवलोकन गर्दै उप–प्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ। सन्देश/नागरिक

पोखरा–हरिचोक सडक बिस्तार भएको पाँच वर्ष भयो। दुई लेनको सडक ६ लेनको भएपछि केहि सहज भएको छ। तर त्यहि सडकको बिचमा एउटा बोटल नेक (साँघुरो) पुल छ। जुन पुलका कारण बारम्बार दुर्घटना हुँदा आधा दर्जन बढीको ज्यान गइसकेको छ भने कयौं घाइते भएका छन्।

बाटो अनुसारको पुल बनाउनका लागि पाँच वर्ष अघि नै सम्झौता भएको हो। तर पाँच वर्षमा दुई पटक म्याद थप्दापनि पुल निर्माण सम्पन्न हुनु त परको कुरा, एक छेउपनि काम भएको छैन। बरु निर्माण कार्य पुल अलपत्र अवस्थामा छ । पुल नबन्दा स्थानिय तथा यात्रुले दुःख त पाएकै छन्। झन् ज्यानै गुमाउँदा, अंगभंग हुँदा पीडामाथि पीडा थपिने गरेको छ।

२०७५ साल असोज ८ गते सम्झौता भएको सो पुल २०७७ साल चैत ३० गतेसम्ममा निर्माण सम्पन्न भईसक्नुपर्ने हो। तर त्यतिबेला कोरोना महामारीका कारण देखाउँदै ७ प्रतिशतमात्र काम सम्पन्न भएपछि एक वर्ष म्याद थपियो। तर कम्पनीको ढिलासुस्तीका कारण पहिलो पटक थपिएको म्यादभित्र पुल निर्माणको काम १० प्रतिशतमा भौतिक प्रगति सिमित भएपछि तोकिएको समयमा पुल बनेन। त्यसपछि बाह्रौं संसोधन अनुसार दोश्रो पटक एक वर्ष म्याद थपिएको छ। थपिएको म्याद अनुसार आगामी असार सम्ममा पुल निर्माण भइसक्नुपर्ने हो। तर अहिलेसम्म पुल निर्माणको काम १६ प्रतिशतमात्र काम सकिएको छ। पुलको तल्लो भागतर्फ हाल फाउण्डेसन निर्माणको कार्य भइरहेको छ। अहिलेपनि २÷३ जनामात्र कामदार खटाइएको छ भने छड र सिमेन्टसमेत झारिएको छैन। जसका कारण समयमै पुल निर्माण हुने छाँटकाँट देखिएको छैन।

निर्माण कम्पनी शान्ति आरोग्य जेभी सानेपा, ललितपुरका साईड ईञ्चार्ज सुमन पौडेल दोेश्रो पटक थपिएको म्याद असार मसान्त सम्ममा एकातर्फको पुल मात्रै निर्माण सम्पन्न हुने बताउँछन्। दुबै तर्फ पुल निर्माण गर्न अझै एक वर्ष लाग्छ,उनले भने,'थपिएको म्याद भित्र एकातर्फ मात्र पुल बन्छ । त्यसपछि कम्तिमा ६ महिना थपियो भनेमात्र दुबैतर्फ पुल निर्माण सम्पन्न हुन्छ।’

नेपालमै पहिलोपटक पाइलको सपोर्टमा केवल हालेर टावर टाइपको स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल निर्माण गर्नेगरी सम्झौता भएको छ। कंक्रिट ग्रिडर र पाइल फाउण्डेसन गरेर निर्माण गरिन लागेको यो पुल स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल हो। त्यहाँ हाल रहेको पुलको दुबैतर्फ दुई/दुई लेनको दुई वटा पुल निर्माण गर्नेगरी १२ करोड ३२ लाख २६ हजारमा सम्झौता भएको छ। माछापुच्छ«े हिमालसहित अन्य हिम श्रृंखलासमेत देखिने भएकाले यस्तो डिजाइनमा पुल बनाउन लागिएको सडक विभाग पोखरा कार्यालयकी ईञ्जिनियर सहनशीला कायस्थले जानकारी दिइन्।

यसैबीच, उप–प्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले पुल निर्माणमा भएको ढिलाइप्रति चासो दिएका छन्। उनले शुक्रबार पुल निर्माण स्थलमा पुगेर अवलोकन गर्नुका साथै निर्माण कम्पनीका प्रतिनिधिलाई तोकिएको मितिमै पुल निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए। उनले भने,'तपाईंहरुका कारण निर्माण कम्पनीहरुको बदनाम भइरहेको छ। तोकिएको समयमा गुणस्तरीय पुल निर्माण गर्नुहोला। अन्यथा कारवाही हुन्छ।’ उनले काममा बहानाबाजी नचल्ने चेतावनी समेत दिए।

निर्माण कम्पनीका साईड ईञ्चार्ज सुमन पौडेलले शुरुमा मुआब्जाका कारण पुल निर्माणमा ढिलाई भएको र अहिले समस्या समाधान भइसकेकाले अबचाहिं तिव्र गतिमा निर्माण कार्य अघि बढ्ने बताए। तर फेरी एकपटक म्याद नथपेसम्म पुल निर्माण कार्य सम्पन्न हुने अवस्था नरहेको दोहो¥याए।

प्रकाशित: ५ फाल्गुन २०७९ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App