१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मोरङमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

क्याप्शन

मोरङको छुट्टाछुट्टै स्थानमा भएकाे घटनामा तीन जना पुरुषको मृत्यु भएको छ। एक जनाको ट्याक्टरले किचेर मृत्यु भएको छ भने दुई जना अलग अलग स्थानमा मृत अवस्थामा फेला परेका छन्।

गुडिरहेको ट्याक्टरबाट लडेर किच्दा मोरङ लेटाङ नगरपालिका–३ घर भएका सह–चालकको मृत्यु भएको हो। लेटाङ–३ मा बुधवार दिउँसो ट्याक्टरबाट लड्दा आफ्नै ट्याक्टरको चक्काले किचेर सोही ठाउँका अन्दाजी १६ वर्षीय सह–चालक मिलन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। को २ त ३०९९ नम्बरको ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेर सह–चालक राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।

भित्री सडक खण्ड हुँदै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्याक्टरबाट लडेका राईको टाउको र मुखमा चक्काले किचेर घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना भएपछि चालक ट्याक्टर छाडेर फरार भएका छन् भने ट्याक्टरलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएर फरार चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, बेलबारी नगरपालिका–३ स्थित पशु हटियामा अन्दाजी ७० वर्षीय वृद्ध बुधवार दिउँसो ३ बजेतिर मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ। सुतिरहेको अवस्थामा मृत फेला परेका वृद्धको पहिचान खुल्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।

त्यसै गरी, सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार राति साढे ९ बजेतिर मृत फेला परेका हुन्। डिएसपी कार्कीका अनुसार बाँधको पानीभित्र उत्तानो परी शरीरको आधार भाग डुबेको अवस्थाको शव फेला परेको थियो।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पुरुषको शव पठाइएको र घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७९ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App