१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

थप पाँच प्रजातिका चरा फेला

गुल्मीको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका चरा फेला परेका छन्।

पक्षी संरक्षण संघ गुल्मीले रेसुङ्गामा चरासम्बन्धी अध्ययन गर्दा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी प्रजातीका चरा फेला परेका हुन्। नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये हाल २९ प्रतिशत यहाँ पाइने गरेका संघका परियोजना अधिकृत भरत पन्थीले बताए।

योसँगै रेसुङ्गामा दुई सय ५८ प्रजातिका चरा छन्। यसअघि दुई सय ५३ प्रजातिका थिए। यहाँ विश्वकै दुर्लभ मानिएका रणमत्त महाचील, चील, सेतो गिद्ध, गोमायु महाचील, डंगुर गिद्ध र सुन गिद्धहरू पाइन्छन्।

चराको अध्ययनपछि पुस्तक विमोचन गर्दै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा चरासँगै ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थल भएको बताए। उनका अनुसार यस क्षेत्र चराहरूको बासस्थान बन्दै गएको छ।

यस क्षेत्रमा दुर्लभ चरा भेटिए पनि जलवायु परिवर्तनका कारण जोगाइराख्न चुनौती रहेको संघले जनाएको छ। रेसुङ्गामा वन संरक्षण क्षेत्रको जंगल सात हजार नौ सय तीन हेक्टर क्षेत्रफल छ।

यहाँ दुई सय ५८ चरासँगै, एक सय २५ वनस्पति, ७१ जडीबुटी, २५ स्तनधारी, १९ पुतली, १९ सरिसृप, ११ माछा र छ प्रजातिका उभयचय छन्। रेसुङ्गालाई सन् २००५ मा महत्वपूर्ण चराको क्षेत्रका रूपमा पहिचान गरिएको थियो। सामुन्द्रिक सतहदेखि दुई हजार तीन सय ५० मिटर उचाइमा रहेको रेसुङ्गा क्षेत्र ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र मानिन्छ। रासस

प्रकाशित: ३ फाल्गुन २०७९ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App