९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

गृहमन्त्रालयले सोमबार काठमाडौंको नयाँबसपार्क क्षेत्रमा भएको प्रदर्शनको क्रममा लोत्से मलमा रहेको मोबाइल पसल तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।

 गृहमन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सचिव बिनोद सिंहले हिजो भएको घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीलाई निर्देशन दिएका हुन्।

सोमबार नयाँबसपार्कको बुधमहल अगाडि यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलको मोबाइल पसलमा लुटपाट चलेको थियो। प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए भने लोत्से र कान्तिपुर महलका सिसाहरु पनि तोडफोड गरेका थिए।  

त्यस्तै प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीको डिएसपी चढने भ्यान, प्रहरी भ्यान जलाएका थिए। 

प्रकाशित: २ फाल्गुन २०७९ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App