१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

समाजसेवीलाई काँध दिँदै श्रद्धाञ्जली दिए सांसद तिमल्सिनाले

रौतहटको गरुडा नगरपालिका ४ निवासी समाजसेवी वासुदेव प्रसाद साहको ९५ वर्षको उमेरमा निधन भएको छ। 

साबिक गाविस गरुडाका उपाध्यक्ष साह लामो समयदेखि बिरामी भई घरमै उपचाररत थिए। गरुडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष समेत रहेका साह गरुडामा स्वच्छ र निष्पक्ष राजनीतिकर्मी तथा समाजसेवीको रुपमा आफ्नो पहिचान कायम गरेका थिए। 

प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय रहेका समाजसेवी साह नेपाली काँग्रेसप्रति सदा समर्पित राजनीतिकर्मी थिए। साहको देहावसानपछि विभिन्न क्षेत्रबाट शोक तथा समवेदना प्रकट गरिएको छ। पारिवारिक चलन अनुसार साहको अन्तिम संस्कार गरुडास्थित लमाहा नदीमा आइतबार दिउँसो गरिएको छ।

रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद देवप्रसाद तिमल्सिनाले साहको शवलाई घाटमा पुर्‍याउन काँध थापेका छन्। सांसद तिमल्सिनाले समाजसेवी साहको शवलाई काँध दिएपछि समाजसेवी साहको सम्मान भएको बताइएको छ।

यसैबिच सांसद तिमल्सिनाले आफूले एक अभिभावक गुमाएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: २९ माघ २०७९ १६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App