१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साउदी दूतावासले मनायाे ८६ औं राष्ट्रिय दिवस

काठमाडौं-काठमाडौंस्थित साउदी अरबको दुतावासले ८६ औं राष्ट्रिय दिवस मनाएको छ। राजधानीको हायात होटलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रहेका उप राष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि साउदी अरबका राजदुत अब्दुलनासेर अलहार्थीले केट काटेर शुभारम्भ गरेका थिए।

राजा अब्दुल्लाजिज बिन अब्दुल रहमान अल साउदले साउदी अरब अधिराज्यको एकीकरण र स्थापना गरेको दिनको रुपमा मनाउने गरिएको हो । तीस वर्षको एकीकरण अभियानपछि अल साउद सन् १९२७ मा राजा बनेका थिए भने सन् १९३२ सेटेम्बर २३ देशको नाम साउदी अरब घोषणा गरिएको थियो।

विश्वको १८ प्रतिशत पेट्रोलियम पदार्थको भण्डार रहेको साउदी अरब सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश हो । पछिल्लो समय बैदेशिक रोजगारीमा जाने नेपाली कामदारका प्रमुख गन्तब्यको रुपमा साउदी अरब बन्ने गरेको छ। नेपालका करिब साढे ६ लाख मानिस साउदी अरबमा काम गर्दै आएका छन् ।

प्रकाशित: ८ आश्विन २०७३ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App