२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

पातारासीमा निर्माणाधीन टावर वर्षौँदेखि अलपत्र हुँदा ८ हजार नागरिक सञ्चार विहीन

नेपाल टेलिकमकाे कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउँदै स्थानीय। तस्बिर: गोल्डेन बुढा

जुम्लाको पातारासी गाउँपालिकाको उपल्लो क्षेत्र ८ हजार बढी नागरिकलाई वषौँदेखि सञ्चारविहिन छन्।उपल्लो क्षेत्रमा पर्ने  पातारासी गाउँपालिका (१,२ र ३ बस्तीका ८ हजार बढी नागरिक सञ्चारविहिन छन्।

सङ्घीयतापछि पनि सञ्चार सेवाको विकासमा स्थानीय तहदेखि नेपाल टेलिकमले ध्यान नदिएको पातारासीका स्थानीयको आरोप छ। सञ्चारको युगमा फोन गर्न पातारासीवासी घण्टौँ हिँड्नु पर्ने बाध्यता छ। निर्माणाधीन टावर अलपत्रदेखि सञ्चालित इन्टरनेटले सेवाभन्दा कठिनाइ दिएको छ। पातारासीका दुर्गम १,२ र ३ नम्बर वडाहरूमा फोन समेत गर्न मुस्किल भएको पातारासीका स्थानीय अभियन्ता भक्त बहादुर बुढाले बताए।  

तत्काल सञ्चार सेवा सुधारका लागि पालिका र टेलिकम कार्यालयको ध्यानाकर्षण समेत गराइएको स्थानीय अभियन्ता बुढाको भनाइ छ।  सञ्चार सेवा सुविधा भरपर्दो र विश्वसनीय बनाउन उनको जोड छ। तत्काल सुधार नभए पालिकादेखि टेलिकम कार्यालयमा धर्ना दिने समेत बुढाले चेतावनी दिए।  

जुम्लामा इन्टरनेट सेवाको क्षमता कम र प्रयोग कर्ता बढी भएपछि क्षमता वृद्धि गरेपनि अपेक्षित सुधार हुन सकेको छैन। यद्यपि, आगामी वैशाखभित्र पातारासी क्षेत्रसहित जुम्लाको इन्टरनेट र टेलिफोन सेवा सुधार हुने नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठको दाबी छ। टेलिफोनको फाइबर लाइन नभएसम्म समस्या समाधान हुने देखिँदैन। दुर्गममा रहेका टेलिफोन टावर सोलार प्रणालीको भरमा सञ्चालित छन्। घाम नलागेसम्म चल्दैनन्। सबै टावरमा विद्युतको लाइन पुर्‍याउन आवश्यक छ। टेलिकमको अप्टीकल फाइबर लाइन विस्तार नहुन्जेलसम्म वल्डलिंकको फाइबर लिजमा लिएर सञ्चालन गर्ने तयारी छ।

 

प्रकाशित: २९ माघ २०७९ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App