१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपातकाे सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

आज दिउँसो प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसै गरी राती प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित: २७ माघ २०७९ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App