२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

रौतहटमा १०८.२ मिलिमिटर वर्षा

मनसुनी गतिविधि जारी रहे पनि अगस्ट महिनासम्म आइपुग्दा यस वर्ष औसतभन्दा कम वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर औसत १५.७ मिलिमिटर वर्षा मापन भएको छ।

विभागका अनुसार देशका ४२९ वर्षा मापन केन्द्रमध्ये २११ केन्द्रमा वर्षा भएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी रौतहटको सङ्गोलीमा १०८.२ मिलिमिटर वर्षा मापन गरिएको छ।

यस अवधिमा सबैभन्दा बढी अधिकतम तापक्रम सिरहाको लहानमा ३६.० डिग्री सेल्सियस र सबैभन्दा कम न्यूनतम मनाङको हुम्डेमा १०.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको विभागले जनाएको छ।

विभागका अनुसार अगस्ट महिनाको औसत वर्षा ४३७.६ मिलिमिटर रहेकोमा हालसम्म जम्मा ५८.२ मिलिमिटर वर्षा मात्र मापन भएको छ।

हाल मनसुन सक्रिय रहेकाले आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले वर्षासँगै नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन तथा मौसमसम्बन्धी नियमित सूचना अनुशरण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। 

प्रकाशित: २० श्रावण २०८३ १७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App