२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारविरुद्ध उद्योगी व्यावसायीहरु आन्दोलनमा

स्थानीय प्रशासनले व्यवसायीलाई त्रसित बनाएको तथा सरकारको नीतिले पनि व्यवसायीलाई अप्ठ्यारोमा पारेको भन्दै रौतहटका व्यावसायीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन्।

रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालले स्थानीय प्रशासनको व्यावसायिक वातावरणमा अवरोध गर्ने गतिविधि तथा सरकारको नीति विरुद्ध माघ २६ देखि माघ २९ गतेसम्म बजार बन्द गर्ने घोषणा भएको जानकारी गराएका छन्।

विगत केही दिनदेखि रौतहटको स्थानीय प्रशासन लगायत विभिन्न निकायबाट बजार अनुगमनको नाममा उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भएको आरोप उद्योग वाणिज्य संघ रौतहटले लगाएको छ। यसै गरी सरकारले हाल ल्याएको आर्थिक नीतिले गरेको अव्यवहारिक ब्याज वृद्धिबाट पीडित व्यावसायीहरुको व्यावसायिक वातावरणमा समेत अवरोध भएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रौतहट जिल्ला भन्सार कार्यालयबाट खाद्यान्न सामग्रीहरु आयात गरी ल्याउने व्यवस्था समेत नभएकोले व्यावसायीहरु निकै पीडित बनेको व्यावसायीहरुको दाबी छ। रौतहटका व्यवसायीलाई सरकार र स्थानीय प्रशासन दुवैतिरबाट अप्ठ्यारोमा पार्ने काम भएकोले बजार बन्द गरेर घर बस्नुभन्दा अर्को विकल्प नभएको अध्यक्ष जयसवालको दाबी छ। 

प्रकाशित: २६ माघ २०७९ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App