२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सप्तरीमा भारतीय नागरिकद्वारा घरमै पसी गोली प्रहार, एक व्यक्ति घाइते

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढामा हतियारधारी समुहले गरेको गोली प्रहारबाट एक जेष्ठ नागरिक घाइते भएका छन्। बुधबार साँझ हतियारधारी समुहले गोली प्रहार गर्दा ६५ वर्षीय महेन्द्र पासवान घाइते भएका हुन्।  

घरमै पसेर हतियारसहित आएका समुहले पासवानमाथी गोली प्रहार गरेको सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए।  

उनले भने, ‘गोली प्रहार गर्ने व्यक्ति भारतीय नागरिक रहेको पहिचान भएको छ। उक्त व्यक्तिको खोजी कार्य जारी छ। डकैती गर्ने उदेश्यले आएका थिए वा अन्य कारणले भन्ने बुझ्ने काम भैरहेको छ।’

गोली प्रहारबाट घाइते भएका पासवानलाई उपचारको लागि राजबिराज ल्याउने प्रयास भइरहेको उनले बताए। 

प्रकाशित: २५ माघ २०७९ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App