४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णालीमा ट्राफिकबारे सूचना लिन-दिन टोल फ्रि सुरु

रत्न राजमार्गमा चेकजाँच गर्दै ट्राफिक प्रहरी। तस्विर: गोविन्द केसी/नागरिक

कर्णाली प्रदेशभर ट्राफिकसँग सम्बन्धित विषयहरु जानकारी लिन टोल फ्रि नम्बर सुरु गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशले प्रदेशभर  एउटै नम्बरबाट ट्राफिक प्रहरीसँग सूचना लिन-दिनका लागि टोल फ्रि नम्बर सुचारु गरेको हो।

ट्राफिक टोल फ्रि नम्बर १ सय ३ सुचारु भएको हो। यो नम्बरबाट सर्वसाधारणहरुले ट्राफिक सम्बन्धी सूचना, सडक अवरुद्ध, ट्राफिक जाम, वैकल्पिक रुट प्रयोगको जानकारी लगायतका ट्राफिक अपडेट र सडक/राजमार्गहरुमा भएका तत्कालिन घटना/दुर्घटना र समस्याहरुको बारेमा जानकारी लिने/दिने समेत कार्य गर्न सजिलो हुने हुँदा आफ्नो आवश्यकता अनुसार टोल फ्रि नम्बर प्रयोग गर्न ट्राफिक प्रहरीले सबैमा अनुरोध समेत गरेको छ।  

सुरक्षित आवागमन एवं ट्राफिक व्यवस्थापनका लागि प्रयोगमा टोल फ्रि नम्बर चौविस घण्टा निःशुल्क रुपमा खुल्ला रहने जनाईएको छ। टोल फ्रि नम्बरले सर्वसाधारणहरुलाई ट्राफिक सूचनादेखि घटना/दुर्घटनाका बारेमा सूचना लिने दिने कार्य हुनुका साथै सबै पहुँच ट्राफिकसँग सिधा हुने नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश कार्यालयका प्रमुख (एसपी) प्रज्वल महर्जनले बताए।

प्रकाशित: २४ माघ २०७९ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App