४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

तराईको खुला सिमाना सुरक्षाका लागि सबै भन्दा ठूलो चुनौती: डीआईजी राई

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी नायब महानिरिक्षक (डीआईजी) टेक प्रसाद राईले तराईको खुला सिमाना सुरक्षाका लागि सबै भन्दा ठूलो चुनौती रहेको बताएका छन्।

खुला सिमाका कारण तराईका सबै जिल्लाहरुको सुरक्षामा ठूलो चुनौती खडा गर्ने गरेको उनले बताए। उनले खुला सिमा कै कारण प्रहरीलाई काम गर्न धेरै अप्ठेरो परको बताए। खुला सिमामा चुनौतीका बाबजुत तस्करी र अपराध नियन्त्रण आफनो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।

उनले प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यायले आ आफनो कार्ययोजना बनाई अघि बढेको भन्दै प्रदेश प्रहरीको पहिलो प्राथमिता भनेकै सिमामा हुने अपराध र तस्कारी नियन्त्रण रहेको बताए। अपराध र तस्कारी नियन्त्रणमा प्रहरी सचेत रहेको भन्दै त्यसका लागि प्रहरी आफनो तरिकाले लागि परेको पनि उनले बताए ।  

अपराध र तस्कारी नियन्त्रणका लागि समन्यात्मक टिम बनाइएको भन्दै त्यसका लागि भारतीय सुरक्षाकर्मीसंग सेमेत बेला बखत बैठक बसी सुरक्षा योजना समेत बनाइएको उनले  बताए। उनले लागु औषधको ओसारपोसर समेत ठूलो समस्या रहेको भन्दै त्यसको नियन्त्रणका लागि विशेष युनिट समेत गठन गरिएको बताए।

प्रहरी निरीक्षक शलेश्वरी बोहोराको संचालनमा भएको कार्यक्रममा बरिष्ठ प्रहरी उपरिक्षक रेवती ढकाल, प्रहरी उपरिक्षक प्रमे बहादुर बस्नेत, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष किरणमान बज्राचार्य, संघका प्रदेश सदस्य गोपाल भन्डारी लगायतको सहभागीता थियो। यसै बिच प्रहरी नायब महानिरिक्षक टेक प्रसाद राई र लुम्बिनी प्रदेशका सदस्यहरु बिच समेत अन्तरक्रिया संपन्न गरिएको छ।  

प्रकाशित: २३ माघ २०७९ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App