१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा दलितलाई डुम शब्द प्रयोग गरेको भन्दै मुद्धा दर्ता

दलित समुदायको स्वाभिमानमा आँच आउने शब्द प्रयोग गरेको भन्दै  जुम्लामा मुद्धा दर्ता भएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय जुम्लामा जातिय विदेभ तथा छुवाछुत सम्बन्धी कसुरमा मुद्धा दर्ता  गरिएको हो।

सिंजा गाउँपालिका - २ निवासी गौरीलाल जैशी तिमिल्सीनाले माघ १६ गते आफ्नो सामाजिक समग्र दलित समुदायको स्वाभिमानै आँच आउने शब्द प्रयोग गरेको भन्दै जुम्लाका दलित अधिकारीकर्मीहरुले मुद्धा दर्ता गराएका हुन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाको मुद्धाशाखाको बुदा नं.४९ मा नीज तिमिल्सीना विरुद्ध जातिय विदेभ तथा छुवाछुत सम्बन्धी कसुर सम्बन्धीको मुद्धा दर्ता भएको सूचना अधिकारी प्रहरी निरिक्षक याम बहादुर बुढामगरले बताए।  

मुद्धा दर्ता भइसकेको र अब थप अनुसन्धान अघि बढ्ने उनको भनाइ छ। तिमिल्सीनाले माघ १६ गते आफ्नो 'गौरीलाल जैशी तिमिल्सीना' नामको फेशबुकबाट 'गाई खाने डुम र मह खाने बाहुन कदापी एउटै हुन सक्दैनन्' भन्ने अभिव्यक्ति दिएका थिए।

सो अभिव्यक्तिले समग्र दलित समुदायको ईज्जत,मानसम्मान, प्रतिष्ठानमा आँच आउने गरी दिएको विभेदपुर्ण अभिव्यक्ति विरुद्ध कानुनी उपचार खोजिएको दलित सेवा संघ जुम्लाका अध्यक्ष भिम बहादुर सार्कीले बताए।

जातिय आधारमा कुनै विभेद गर्न नपाईने संविधानमा उल्लेख हुँदा पनि सामाजिक संजालमै दलितलाई हेपीएको अभिव्यक्ति विरुद्ध जुम्लाका दलित अधिकार कर्मी एकजुट भएका छन्।

जातिय विभेद तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ दफा ४ अनुसार विद्युतीय कारोबार ऐन बमोजिम कसुर गरेको देखिन्छ। भने नीज आरोपितलाई जातिय विभेद तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ दफा ७ को उप दफा (१) र (२) बमोजिम कारबाहीको माग समेत गरिएको छ।

यसअघि गत वर्ष जुम्लामा एक वटा जातिय विभेदको मुद्धा दर्ता भएको थियो। समाजमा जातिय विभेद विद्यमान रहेपनि उजुरीका रुपमा हाल सम्म २ वटा मुद्धा दर्ता भएका छन्।

प्रकाशित: २० माघ २०७९ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App