८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सडकमा तरकारी फालेर चितवनका किसान आन्दोलित

चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गरेका छन्। भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले मुल्य नपाएको भन्दै (आज) शुक्रबार नारायणगढ सडकमा तरकारी फालेर आन्दोलन गरेका हुन्। किसानहरुले छ वटा ट्याक्टरमा ल्याएका टमाटर, काउली, बन्दा, फर्सि मेवा, केराउ लगायतका तरकारी सडकमा फालेका थिए। 

किसान लेखनाथ भूषालले उत्पादित वस्तुले बजार नपाउँदा सडकमा फाल्नु परेको बताए। ‘बारीमा तरकारी उत्पादन भैरहेको छ। बजारमा बिक्रि छैन।’ उनले भने, ‘बारीमै कुहिनु भन्दा सडकमै फालेर आन्दोलन गरेका हौँ।’ उनका अनुसार आज टमाटर चार हजार केजि, काउली एक हजार, बन्दा दुई हजार, फर्सि छ सय, सिमि दुई सय,गाजर पाँच सय र केराउ ५० केजि सडकमा फालिएको छ। 

पूर्वि चितवन र पश्चिम चितवनका किसानले सडकमा फालेका हुन्। नेपाली किसान मार्न पाइदैन विदेशी तरकारी तथा फलफुल चाहिँदैन भन्ने मुल नाराका साथ किसान सघर्ष समिति नै बनाएर आन्दोलन गरेका छन्। उनीहरुले किसान मारा झोले अनुदान नीति बन्द गर, किसान मारा दलालहरु होसियार, बारीमा जाउँ भविष्य छैन खाडीमा जाउँ उमेर छैन जस्ता मर्म स्पिर्शी नारा लेखेका पेलेकार्ड बोकेका थिए।  

प्रकाशित: २० माघ २०७९ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App