८ वैशाख २०८१ शनिबार
समाज

एकिकृत र जलवायु अनुकुलन दिगो शहरी विकास सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरु

स्थानीय योजना निर्माण मञ्चको पाँचौ अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ।

‘एकिकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना’ भन्ने नाराका साथ सुरु भएको दुई दिने सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका १३ देशका शहरी योजनाकार, उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता छ।

सम्मेलनको उद्घाटन गर्दै शहरी विकास मन्त्री विक्रम पाण्डेले दुई दिनसम्म हुने सम्मेलनले नीति निर्माता र शहरी योजनाकारलाई प्रभावकारी एवं वैज्ञानिक शहर विकासको योजना निर्माणमा सघाउने विश्वास व्यक्त गरेका छन्।  

विभिन्न देशका विज्ञहरुबीच छलफलसँगै उत्कृष्ट ज्ञान, सिप र अभ्यासको आदानप्रदानले शहरी विकासका योजनालाई अझै मजबुद बनाउने उनको भनाइ छ। मन्त्री पाण्डेले शहर भोलीलाई समेत विचार गरेर विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै शहरको योजना बनाउँदा एकिकृत, दिगो र जलवायु अनुकुलजस्ता विषयहरुलाई ध्यान दिन जरुरी रहेको समेत बताए।

दिगो, उत्थानशील र समावेशी समाज एवं शहरबस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यका साथ जापान सरकारले सन् २०१८ मा ूस्थानीय योजना निर्माण मञ्च गठन गरेको थियो।

मञ्चमा एशिया प्रशान्त क्षेत्रका नेपाल, जापान, लाओस, भियतनाम, चीन, भारत, युगाण्डा, मोजाम्बिक, भुटान, श्रीलंका, मलेशियालगायत १३ देश आवद्ध छन्। सम्मेलनमा विभिन्न देशका विज्ञहरुले १५ वटा प्रस्तुति मार्फत आफ्ना देशमा भएका शहरी विकास योजनाका अनुभव र सिकाईहरु प्रस्तुत गर्दैछन्।

नेपाल सरकार, शहरी विकास मन्त्रालय, जापान सरकार, भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय र युएन ह्याबिट्याट एशिया तथा प्रशान्त क्षेत्रीय कार्यालय, जापानको  संयुक्त आयोजनामा नेपालमा यो सम्मेलन नेपालमा पहिलोपटक आयोजना गरिएको हो।

सम्मेलन अघि माघ १७ गते अन्तराष्ट्रिय प्रतिनिधिहरुलाई काठमाडौं उपत्यका विकास प्राधिकरणले शहरी विकासमा गरिरहेको कामबारे जानकारी दिन सानोठिमी भत्तपुरस्थित दिव्यश्वरी जग्गा एकिकरण आयोजनाको अवलोकन भ्रमणसमेत गराएको थियो।

प्रकाशित: १९ माघ २०७९ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App