३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

त्रिसाठी सम्पदाको पुनः निर्माण सम्पन्न

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका त्रिसाठी सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन्। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले बताए।

हाल ११  सम्पदाको पुनःनिर्माण भइरहेको छ। पशुपति क्षेत्रमा भूकम्पले क्षति भएका १६ सम्पदाको पुनःनिर्माण सुरु हुन सकेको छैन। स्रोत सुनिश्चितता हुन नसकेका यी सम्पदाको पुनःनिर्माण हुन नसकेको हो। हालसम्म जयवागेश्वरी, जीतजगप्रकाशेश्वर मन्दिर, गौरीघाट चौघेरा सत्तल, मृगस्थली क्षेत्रका शिवालय, दाफा भजन पाटी, कुलानन्द झा सत्तल, शंकराचार्य मन्दिर, घ्याम्पेपाटी लगायत सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। विश्वरूप मन्दिर पुनःनिर्माण भइरहेकामा बजेट अभावका कारण काममा सुस्तता भएको जनाइएको छ।

विश्वरूप पुनःनिर्माणका लागि चालु आवको बजेट सकिएपछि काममा सुस्तता आएको हो। जयवागेश्वरी मन्दिर हालै पुनःनिर्माण भएकामा यही माघ २० गते उदघाटनको कार्यक्रम रहेको कोषले जनाएको छ। रासस

प्रकाशित: १८ माघ २०७९ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App