१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सान कलेजमा तोडफोड

काठमाडौं- गैरीधारास्थित सान इन्टरनेसनल कलेजमा तोडफोड आरोपमा प्रहरीले पूर्वाञ्चल विश्वविद्यालय, अनेरास्ववियुका अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गले एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वाञ्चल विश्वविद्यालय अध्यक्ष संविज देवकोटा, सचिवालय सदस्य शिशीर भण्डारी र भीम आर्चायलाई बिहीबार कलेज तोडफोड आरोपमा पक्राउ गरेको हो। वृत्तका डिएसपी कृष्णबहादुर पल्लीमगरले कलेजमा तोडफोड गरी क्षति पुर्‍याएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।

पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायमा एकीकृत प्रवेश परीक्षा प्रणाली लागू गर्ने भएपछि विरोध गर्दै आएको अनेरास्ववियुले उक्त कलेजले आफूहरूको निर्देशनविपरीत फाराम पठाएको भन्दै तोडफोड गरेको हो। कलेजका सहप्राध्यापक रोशनराज बरालले बुधबार कार्यालय समयपछि अनेरास्ववियुका कार्यकर्ता आएर फाराम नपठाउन निर्देशन दिएको बताए। उनका अनुसार बिहीबार अपराह्न फाराम किन पठाएको भन्दै १५/२० जनाको समूहमा आएका युवाले कलेज प्रवेश गरी तोडफोड गरेका हुन्।

'एउटा विद्यार्थी संगठनले यसरी कलेजमै तोडफोड गर्ला भनेर सोचेका थिएनौं, यस विषयमा कानुनअनुसार कारबाहीका लागि प्रहरीमा निवेदन दिनेछौं,' बरालले भने।

प्रकाशित: १७ भाद्र २०७३ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App